Skip to main content

Elite News Nepal

मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

Advertisement

इटहरी – १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ। सोमबार इटहरी रंगशालामा सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्रले झापा ११ लाई १–० गोलको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो।

मच्छिन्द्रका लागि खेलको ३१औं मिनेटमा मलिक बामिदेले युसुफको उत्कृष्ट गोल नै टिमको जितका लागि निर्णायक बन्यो। झापा ११ ले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउने अवसर गुमाउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

प्रतियोगिता अन्तर्गत मंगलबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र धरान फुटबल क्लबबीच अन्तिम क्वाटरफाइनल भिडन्त हुनेछ। इटहरी रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ।

प्रतियोगिताको आयोजना राष्ट्रिय जागृति क्लब, इटहरीले गरेको हो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल