Skip to main content

Elite News Nepal

एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा

Advertisement

इटहरी – जारी १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा सगरमाथाले एनआरटी क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।

खेलको ६औं मिनेटमै सगरमाथा युथ क्लबका विदेशी खेलाडी रिचर्डले निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलसम्म पुर्याए। उत्कृष्ट प्रदर्शन गरेका रिचर्ड म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल सोमबार झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ। इटहरीमा फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ, जबकि उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको आयोजना राष्ट्रिय जागृती क्लब, इटहरीले गरेको हो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल