Elite News Nepal

चर्च व्वाइज पहिलो पटक बागमती गोल्डकपको सेमिफाइनलमा

Advertisement

बागमती– सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा चर्च व्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो। टाइब्रेकरमा चर्च व्वाइजका अर्मान विडम, सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे।

त्रिभुवन आर्मीका तर्फबाट विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्रसिंह थापाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए।

निर्णायक बचाउ गरेका चर्च व्वाइजका गोलरक्षक टेकेन्द्रसिंह थापा खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले रु. १०,००० नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे। उनलाई बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्र तिमल्सिना, र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले पुरस्कृत गरे।

फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले रु. १० लाख तथा उपविजेताले रु. ५ लाख पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु. १ लाख १ हजार प्रदान गरिनेछ।

साथै, विधागत उत्कृष्ट खेलाडीलाई जनही रु. २५,००० तथा हरेक खेलको ‘म्यान अफ द म्याच’ लाई रु. १०,००० नगदसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाइरहेको चर्च व्वाइजले आर्मीलाई हराएर आफ्नो क्षमता प्रमाणित गरेको छ। उत्कृष्ट खेल प्रदर्शनसहित सेमिफाइनलमा प्रवेश गरेपछि चर्च व्वाइजको आगामी खेललाई लिएर फुटबलप्रेमीहरू उत्साहित छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल