Skip to main content

Elite News Nepal

खेलकुद

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने यो खेल लिग चरणको अन्तिम खेल हुनेछ। नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ। अन्तिम खेल अघि नै फाइनल यात्रा तय गरिसकेकाले नेपालका लागि यो खेल दबाबमुक्त रहनेछ। तर, म्यानमार भने नेपालका लागि कठिन प्रतिद्वन्द्वी साबित हुँदै आएको छ। अहिलेसम्म खेलेका चार खेलमध्ये नेपालले तीन खेल गुमाएको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल म्यानमारविरुद्धको रेकर्ड सुधार्ने लक्ष्यमा हुनेछ। फाइनल अघि आत्मविश्वास थप मजबुत बनाउने अवसर भएकाले…
Read More
नेपालले भारतलाई पराजित गर्दै थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपको उपाधि जित्यो

नेपालले भारतलाई पराजित गर्दै थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपको उपाधि जित्यो

काठमाडौं । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थ्री बाई थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको रोमाञ्चक फाइनल खेलमा नेपालले भारतलाई २१–१७ को अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताभर प्रभावशाली खेल प्रदर्शन गर्यो । कप्तान विजयसँगै मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरको उत्कृष्ट समन्वयले नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दियो । व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गरेका निकेश राखल मगर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले पुरस्कारस्वरूप २५० अमेरिकी डलर प्राप्त गरे । विजेता नेपालले १,२०० अमेरिकी डलर पुरस्कार हात…
Read More
बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

हेटौंडा – बजेट अभावका कारण यस वर्षको सातौँ स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीका लामाले प्रतियोगिता नहुने जानकारी दिएका छन्। चैत १६ गतेदेखि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण सुरू हुने भएकाले तत्काल मकवानपुर गोल्डकप आयोजना गर्न नसकिने उनले बताए। साथै, बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाका दश स्थानीय तहले मागअनुसारको बजेट निकासा नगरेकाले प्रतियोगिता आयोजना गर्न कठिन भएको उनले स्पष्ट पारे। "गोल्डकप आयोजना गर्न आवश्यक बजेट उपलब्ध नभएकाले यस वर्ष प्रतियोगिता स्थगित…
Read More
खेलकुद र शिक्षामा अगाडि बढ्दै पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुल

खेलकुद र शिक्षामा अगाडि बढ्दै पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुल

काठमाडौं । पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलले शिक्षासँगै खेलकुदलाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, र खेल पदाधिकारीहरूलाई विद्यालयमा आमन्त्रण गर्ने महत्वपूर्ण पहल गरेको छ। विद्यालयमा आयोजित विशेष खेल प्रशिक्षण कार्यक्रममा SAFF महिला भलिबल खेलाडी सीता सेन, Under-19 क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा वर्तमान निजी प्रशिक्षक अभिषेक बस्नेत, खेल पदाधिकारी अन्तरीक्ष अधिकारी र अरूण तिमिल्सिना उपस्थित भई विद्यार्थीहरूलाई भलिबल, क्रिकेट लगायत विभिन्न खेलका नियम तथा प्रविधिबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायणबाबु तिम्सिना, भाइस प्रिन्सिपल राजु पुडासैनी, कोअर्डिनेटर नारायण वाग्ले, तथा राजेन्द्र नेपाली को समेत उपस्थिति रहेको थियो। विद्यालयले निकट भविष्यमा विभिन्न अन्तरविद्यालयीय प्रतियोगिता आयोजना गर्दै विद्यार्थीहरूलाई…
Read More
म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

पोखरा। तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ आयोजना गर्ने भएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले प्रतियोगिताको विस्तृत जानकारी गराएको हो। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारासहित आयोजना हुन लागेको अध्यक्ष कप अन्तर्गत गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ 'ए' साइड पुरुष फुटबल, तनहुँ जिल्लास्तरीय 'सी' लेभल ब्याडमिन्टन तथा म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन्। गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे–५ छाङ्ग पाटन खेलमैदानमा हुनेछ। प्रतियोगिताका विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै,…
Read More
नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ। आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन। हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र…
Read More
भारतको अविजित यात्रा, दोस्रो पटक लगातार महिला यू १९ टी-२० विश्वविजेता

भारतको अविजित यात्रा, दोस्रो पटक लगातार महिला यू १९ टी-२० विश्वविजेता

मलेसियाको बायुएमास ओभलमा सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि जितेको छ। गोंगडी त्रिशाले ३ विकेट लिएर दक्षिण अफ्रिकालाई ८२ रनमै सीमित गरिन्। त्यसपछि उनले अविजित ४४ रन बनाउँदै ११.२ ओभरमै भारतलाई सहज जित दिलाइन्। त्रिशा प्रतियोगिताकी सर्वाधिक रन बनाउने खेलाडी बनिन्, उनले ७ इनिङमा ३०९ रन बनाइन्। भारतका बलरहरूले दक्षिण अफ्रिकालाई थोरै रनमै रोक्न उत्कृष्ट प्रदर्शन गरे। परुनिका सिसोदियाले २/६, आयुषी शुक्लाले २/९, र वैश्नवी शर्माले २/२३ को प्रभावशाली बलिङ गरे। ८३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ११.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। संजिका चाल्केले २६…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल