Elite News Nepal

Year: 2026

राष्ट्रिय फुल कन्ट्याक्ट कराते आजदेखि सुरु

राष्ट्रिय फुल कन्ट्याक्ट कराते आजदेखि सुरु

काठमान्डौ। नेपाल क्योकुसिन कराते–डो संघ वज्रको आयोजनामा २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आजदेखि सुरु भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहल मा सञ्चालन भइरहेको छ। पुरुषतर्फ खुला तौलसमूहमा तथा महिलातर्फ ६० केजीमुनि र ६० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ। प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हासिल गर्ने खेलाडीहरूले क्रमश १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था छ। वज्र फाइटअन्तर्गत पाँच तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ, जसमा पुरुषतर्फ तीन र महिलातर्फ दुई स्पर्धा समावेश छन्। पाँचै स्पर्धामा नगद पुरस्कार समावेश गरिएको…
Read More
केएमसी बास्केटबल उपाधि गोल्डेनपिक, इबीए र रिब्सलाई

केएमसी बास्केटबल उपाधि गोल्डेनपिक, इबीए र रिब्सलाई

काठमाडौं। पाँचौँ केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले आ–आफ्नो विधामा उपाधि जितेका छन्। शनिबार सम्पन्न फाइनल खेलहरूमा गोल्डेनपिक सिनियर ब्वाइज, इबीए जुनियर ब्वाइज तथा रिब्स सिनियर गल्र्सतर्फ च्याम्पियन बने। प्रतियोगिताभर गोल्डेनपिक र इबीए अपराजित रहँदै उपाधि जित्न सफल भए भने रिब्सले समूह चरणमा एक खेल गुमाए पनि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्‍यो। बुद्धनगरस्थित केएमसीमा भएको सिनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ ले पराजित गर्‍यो। गोल्डेनपिकका विजय तामाङले २१ अंक जोड्दै टोलीको जित सुनिश्चित गरे। जुनियर ब्वाइज फाइनलमा इबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हराउँदै पहिलो सहभागितामै उपाधि जित्यो। इबीएका दिग्विजय पुरीले…
Read More
तारकेश्वर नगरपालिकाद्वारा राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका खेलाडी सम्मानित

तारकेश्वर नगरपालिकाद्वारा राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका खेलाडी सम्मानित

काठमाडौं ।दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, प्रशिक्षक तथा खेलाडीहरूलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा मेयर कृष्णहरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराजराज लम्साल, वडा नं. २ का अध्यक्ष एवं नगर प्रवक्ता राजकृष्ण खड्गी, प्रशासकीय शाखा प्रमुख शम्भुप्रकाश शर्मा र कानुनी सल्लाहकार रामहरि नेपालले टोलीलाई सम्मान गरे। मेयर महर्जनले पुस २० र २१ गते सम्पन्न प्रतियोगितामा सहभागी सबै खेलाडी तथा अफिसियलहरूको सम्पूर्ण आर्थिक खर्च नगरपालिकाले व्यहोरेको जानकारी दिँदै भविष्यमा यी खेलाडीहरूबाट राष्ट्रिय टोलीमा स्थान बनाउने खेलाडीलाई तारकेश्वर नगरपालिकाको ब्रान्ड एम्बेस्डर तोक्ने र विद्यालयमा शतप्रतिशत शुल्क…
Read More
नोर्बु लामा प्रथम श्रेणीको अन्तर्राष्ट्रिय पुम्से रेफ्रीमा बढुवा

नोर्बु लामा प्रथम श्रेणीको अन्तर्राष्ट्रिय पुम्से रेफ्रीमा बढुवा

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दोका सहायक मुख्य प्रशिक्षक नोर्बु लामा प्रथम श्रेणीको अन्तर्राष्ट्रिय पुम्से रेफ्रीमा बढुवा भएका छन्। उनी उक्त उपलब्धि हासिल गर्ने पहिलो नेपाली हुन्। विश्व तेक्वान्दो महासंघको निर्णयअनुसार लामा सन् २०२५ डिसेम्बर ३१ मा दोस्रो श्रेणीबाट प्रथम श्रेणीमा बढुवा भएका हुन्। उनले विभिन्न जी–२ स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता तथा रिफ्रेसर कोर्षमा सहभागिता जनाउँदै आवश्यक अंक पूरा गरेका थिए। लामाले सन् २०२२ मा दक्षिण कोरियामा सम्पन्न विश्व पुम्से तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन्। काभ्रेपलाञ्चोकका लामा ७औँ डान ब्ल्याक बेल्टधारी हुन्। नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले सातदोबाटोस्थित संघको कार्यालयमा उनलाई प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका…
Read More
केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु

केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु

काठमाडौं।केएमसी स्कुलको आयोजनामा पाँचौं संस्करणको केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले दिएको जानकारीअनुसार प्रतियोगितामा तीन विधामा २४ विद्यालयका ३२ टिम सहभागी हुनेछन्। प्रतियोगितामा सिनियर ब्वाइज र जुनियर ब्वाइजतर्फ १२–१२ टिम तथा सिनियर गल्र्सतर्फ ८ टिम ले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। यसअन्तर्गत सिनियर तथा जुनियर ब्वाइज समूहलाई चार–चार समूह र सिनियर गल्र्सलाई दुई समूहमा विभाजन गरिएको छ। केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने प्रतिभा पहिचानका लागि प्रतियोगिता प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे। केएमसीका निर्देशक तथा एसोसिएट प्रोफेसर…
Read More
ICC Announces Global Multi-Year Partnership with Marriott Bonvoy

ICC Announces Global Multi-Year Partnership with Marriott Bonvoy

The International Cricket Council (ICC) has announced a global, multi-year partnership with Marriott Bonvoy that will enhance the fan experience at its Events, by offering fans access to premium accommodation around the world when travelling to watch top-class international cricket. Unveiled today in Mumbai, the association sees the award-winning travel platform become the ICC’s Official Accommodation Partner through to 2029. The partnership covers all ICC men’s events, beginning with the ICC Men’s T20 World Cup 2026 in India and Sri Lanka, starting 7 February. The announcement comes fresh off the back of the ICC’s recent launches of partnerships with Hyundai…
Read More
Tatenda Taibu hails ICC U19 Men’s Cricket World Cup as pathway to professional cricket

Tatenda Taibu hails ICC U19 Men’s Cricket World Cup as pathway to professional cricket

The ICC U19 Men’s Cricket World Cup continues to play a key role in shaping the careers of young cricketers, according to former Zimbabwe international Tatenda Taibu. Taibu, who was named Player of the Tournament at the 2002 ICC U19 Men’s Cricket World Cup in New Zealand, said the event provides a global platform for emerging players to showcase their talent and take their first steps toward professional cricket. The 2026 edition of the tournament will be jointly hosted by Zimbabwe and Namibia, with Taibu appointed as the tournament ambassador. The former wicketkeeper-batter represented Zimbabwe at two U19 World Cups,…
Read More
टेनिस स्कुल चेयर अम्पायर कोर्ष सम्पन्न

टेनिस स्कुल चेयर अम्पायर कोर्ष सम्पन्न

काठमाडौं।नेपाल टेनिस संघको आयोजनामा तीनदिने आईटीएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्ष सोमबार सम्पन्न भएको छ। कोर्षमा मोफसलबाट दुई सहित जम्मा १२ प्रशिक्षार्थी सहभागी थिए। प्रशिक्षणमा अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया चौधरी, निसान श्रेष्ठ, निश्चल कायश्थ, प्रकृति श्रेष्ठ, प्रशंसा मोक्तान, पुष्पा गौडेल, रमित मग्राती, रन्जित अछामी, सन्देश बराल र सुनिरा थापा सहभागी थिए। गौसुबा र पुष्पा कास्कीबाट आएका थिए। कोर्ष अवधिभर आयोजक टेनिस संघका सचिव तथा राष्ट्रिय ट्युटर अजय विष्टले चेयर र लाइन्स अम्पायरको भूमिका, नियम र व्यवहारिक प्रशिक्षण दिएका थिए। नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै, स्वदेशमै दक्ष अम्पायर उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सञ्चालन गरिएको…
Read More
मेयर कप अन्तरवडा टेबलटेनिसमा वडा ८ को स्वर्ण जित

मेयर कप अन्तरवडा टेबलटेनिसमा वडा ८ को स्वर्ण जित

ललितपुर ।वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ की सुरम्य शाक्य र सम्पदा श्रेष्ठले वडा १७ की अर्पिता र अर्सना महर्जनलाई ३–२ ले पराजित गर्दै उपाधि जिते। पहिलो सिंगल्समा सुरम्यले अर्पितालाई ११–५, ११–७, ७–११ र ११–४ ले हराइन्। दोस्रो सिंगल्समा अर्सनाले सम्पदालाई ९–११, ११–४, १२–१० र ११–५ ले पराजित गरिन्। डबल्समा सुरम्य र सम्पदाले अर्पिता–अर्सनाको जोडीलाई ३–२ ले हराउँदै वडा ८ लाई अग्रता दिलाए। तेस्रो सिंगल्समा अर्सनाले सुरम्यलाई पराजित गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल