Elite News Nepal

Year: 2026

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन् । महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Read More
ICC to Hold Board and Committee Meetings in Doha

ICC to Hold Board and Committee Meetings in Doha

The International Cricket Council has confirmed that Doha, Qatar will host the next ICC Board and Committee meetings from 25 to 27 March 2026. Senior officials including ICC Board Directors, Chief Executives, Committee Members and members of the leadership team will attend the meetings. The gathering is part of the ICC’s regular governance schedule where important decisions about the present and future of international cricket are discussed. The decision to host the meetings in Doha reflects the ICC’s growing engagement with cricket in Qatar. In recent years, the sport has seen rapid development in the country through close cooperation between…
Read More
विद्यावाणीलाई १०औं अर्किड कपको उपाधि

विद्यावाणीलाई १०औं अर्किड कपको उपाधि

काठमाडौं – विद्यावाणी पाठशालाले १०औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार हात पारेको छ। काँडाघारीस्थित आयोजक अर्किड प्युपल स्कुलको मैदानमा भएको फाइनल खेलमा विद्यावाणीले एकलब्स शिक्षा सदनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। यस प्रतियोगितामा विद्या विकास तेस्रो तथा निर्मल ज्योति चौथो स्थानमा रहे। शीर्ष चार स्थानमा रहने टोलीले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको आयोजक अर्किड प्युपल स्कुलका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिए। व्यक्तिगत पुरस्कारतर्फ विद्यावाणीका एकेन्द्र बुढा उत्कृष्ट खेलाडी घोषित भए भने विद्यावाणीकै श्रृयान भट्टराई उत्कृष्ट…
Read More
पाँचौं एलए अन्तरविद्यालय च्याम्पियनसिप सुरु

पाँचौं एलए अन्तरविद्यालय च्याम्पियनसिप सुरु

काठमाडौं – आयोजक लिटिल एन्जल्स (एलए) स्कुलले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज बास्केटबलमा आइतबार जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ। हात्तीवनस्थित घरेलु कोर्टमा भएको खेलमा एलएले एलआरआईलाई १९–१७ ले पराजित गर्‍यो। एलएको जितमा आयुश गोइतले सर्वाधिक १३ अंक जोड्दै टोलीलाई जित दिलाए। ब्वाइज फुटबलतर्फ लोयल्टी एकेडेमीले एलएलाई २–० गोलले पराजित गर्‍यो भने ज्ञानोदयले जेम्स स्कुललाई ६–० को फराकिलो अन्तरले हरायो। ब्वाइज भलिबलमा वैस्नवी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जित हात पार्‍यो। वैस्नवीले माउन्ट ओलिभलाई २५–२२ र २५–२१ तथा अनल ज्योतिलाई २५–१५ र २५–१५ को सोझो सेटमा पराजित गर्‍यो।अन्य खेलमा माउन्ट ओलिभले अनल ज्योतिलाई २५–९ र २५–१६, भ्याली पब्लिकले…
Read More
प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल सुरु

प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल सुरु

काठमाडौं – प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गल्र्सतर्फ मानसिंह र बेलमोन्टले आइतबार विजयी सुरुआत गरेका छन्। तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा भएको खेलमा मानसिंहले ह्वाइट हेभेनलाई १६–१० ले पराजित गर्‍यो। मानसिंहको जितमा देवीका बोगटीले ६ अंक योगदान गरिन्। अर्को खेलमा सुमिना तामाङको १० अंक सहयोगमा बेलमोन्टले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले हरायो। गल्र्सकै अन्य खेलमा तेजस्वीले संस्कृति शिक्षालयलाई २३–१८ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइट हेभेनलाई २५–१५ ले पराजित गरे। तेजस्वीकी निशा पण्डितले १४ तथा ल्यान्डमार्ककी अन्जली राईले ११ अंक जोडिन्। ब्वाइजतर्फ सेबले ल्यान्डमार्कलाई ४४–३१, तेजस्वीले गुरुकुललाई ३७–२८, संस्कृति शिक्षालयले रोजमेरीलाई ४०–३२ र ह्वाइट हेभेनले सिद्धार्थलाई ३०–२२…
Read More
काष्ठमण्डप ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा

काष्ठमण्डप ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा

काठमाडौं – काष्ठमण्डप छात्र फुटसल प्रतियोगितामा आयोजक काष्ठमण्डपका ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ‘ए’ बाट काष्ठमण्डप ‘ए’ ६ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ‘बी’ बाट काष्ठमण्डप ‘बी’ ७ अंक जोड्दै समूह विजेता बनेको हो। प्रतियोगितामा ८ टिम सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको छ। समूह ‘ए’ बाट ७ अंकसहित द सेलिब्रेसन को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकसहित एआईटीएम उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनलमा आयोजक काष्ठमण्डप ‘ए’ र ‘बी’ आमनेसामने हुनेछन् भने अर्को सेमिफाइनलमा सेलिब्रेसन को–एड र एआईटीएमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन काष्ठमण्डप प्लस–२…
Read More
नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

वानखेडे, मुम्बई - वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजलाई नेपालले १३४ रनको लक्ष्य दिएको थियो जुन लक्ष्य  १५.२ ओभरमै १ विकेट गुमाएर वेस्ट इन्डिजले पूरा गर्‍यो। लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका कप्तान शाई होप ले ४४ बलमा ६१ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। ब्रान्डन किंग ले १७ बलमा २२ रन जोडे भने शिम्रोन हेत्मेर ले ३२ बलमा ४६ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। नेपालका लागि नन्दन यादव ले एक मात्र विकेट लिए। सुरुवातमै ब्याटिङ गरेको नेपाल को तर्फा बाट ओपनर कुशल भुर्तेल पहिलो ओभरमै १ रनमा…
Read More
वानखेडेमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

वानखेडेमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

वानखेडे, मुम्बई- मुम्बईस्थित वानखेडे स्टेडियममा जारी आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको थियो। ओपनर कुशल भुर्तेल पहिलो ओभरमै बोल्ड हुँदै १ रनमा आउट भएपछि नेपालको इनिङ्स कमजोर बनेको थियो। त्यसपछि कप्तान रोहित पौडेल ७ बलमा ५ रन, आसिफ शेख १० बलमा ११ रन र आरिफ शेख ८ बलमा २ रनमै आउट भए। लोकेश बामले १५ बलमा १३ रन जोडे। मध्यक्रममा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ५८ रनको महत्वपूर्ण अर्धशतक प्रहार गरे र टोलीलाई सम्मानजनक…
Read More
नेपालमाथि इटालीको ऐतिहासिक जित

नेपालमाथि इटालीको ऐतिहासिक जित

मुम्बई - आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई सहज रूपमा पूरा गर्‍यो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२३ रन बनायो। कप्तान रोहितकुमार पौडेलले २३ रन बनाए भने मोहम्मद आरिफ शेखले २० रन जोडे। करण केसीले १८ तथा दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए पनि अन्य ब्याटरले ठूलो इनिङ्स खेल्न नसक्दा नेपाल मध्यम स्कोरमै सीमित भयो। इटालीका बलर क्रिष्ण कालुगमागेले ३ विकेट लिए भने बेन्जामिन मनेंतीले २ विकेट हात पारे। हसन अली,…
Read More
Women’s Rugby Targets Record Crowds in 2026 Guinness Women’s Six Nations with Expanded Stadium Line-Up and New U21 Series

Women’s Rugby Targets Record Crowds in 2026 Guinness Women’s Six Nations with Expanded Stadium Line-Up and New U21 Series

Women’s rugby is set for a landmark year in 2026 with the return of the Guinness Women’s Six Nations, featuring a record number of matches staged at national stadiums and the introduction of a new U21 Women’s Six Nations Series aimed at strengthening the international player pathway. Riding momentum from the Women’s Rugby World Cup 2025 and sustained growth in global audiences, the 2026 Championship will begin on April 11. The opening round includes England hosting Ireland at Allianz Stadium, the venue of the Red Roses’ recent World Cup triumph. More than 50,000 tickets have already been sold, placing the…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल