Skip to main content

Elite News Nepal

प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल सुरु

Advertisement

काठमाडौं – प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गल्र्सतर्फ मानसिंह र बेलमोन्टले आइतबार विजयी सुरुआत गरेका छन्।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा भएको खेलमा मानसिंहले ह्वाइट हेभेनलाई १६–१० ले पराजित गर्‍यो। मानसिंहको जितमा देवीका बोगटीले ६ अंक योगदान गरिन्।

अर्को खेलमा सुमिना तामाङको १० अंक सहयोगमा बेलमोन्टले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले हरायो।

गल्र्सकै अन्य खेलमा तेजस्वीले संस्कृति शिक्षालयलाई २३–१८ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइट हेभेनलाई २५–१५ ले पराजित गरे। तेजस्वीकी निशा पण्डितले १४ तथा ल्यान्डमार्ककी अन्जली राईले ११ अंक जोडिन्।

ब्वाइजतर्फ सेबले ल्यान्डमार्कलाई ४४–३१, तेजस्वीले गुरुकुललाई ३७–२८, संस्कृति शिक्षालयले रोजमेरीलाई ४०–३२ र ह्वाइट हेभेनले सिद्धार्थलाई ३०–२२ ले पराजित गरे। सेबका युबिन तामाङले १०, तेजस्वीका विराज गुरुङले १३, संस्कृतिका रमन गुरुङले १९ र ह्वाइट हेभेनका निमेश सापकोटाले १४ अंक जोडे।

प्रतियोगिताको उद्घाटन तेजस्वी एकेडेमीका प्रिन्सिपल थिरबहादुर बस्नेतले निर्णायकलाई बल हस्तान्तरण गर्दै गरेका थिए।

छ दिनसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा ब्वाइजतर्फ १२ तथा गल्र्सतर्फ ८ टिम सहभागी छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल