Skip to main content

Elite News Nepal

पाँचौं एलए अन्तरविद्यालय च्याम्पियनसिप सुरु

Advertisement

काठमाडौं – आयोजक लिटिल एन्जल्स (एलए) स्कुलले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज बास्केटबलमा आइतबार जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

हात्तीवनस्थित घरेलु कोर्टमा भएको खेलमा एलएले एलआरआईलाई १९–१७ ले पराजित गर्‍यो। एलएको जितमा आयुश गोइतले सर्वाधिक १३ अंक जोड्दै टोलीलाई जित दिलाए।

ब्वाइज फुटबलतर्फ लोयल्टी एकेडेमीले एलएलाई २–० गोलले पराजित गर्‍यो भने ज्ञानोदयले जेम्स स्कुललाई ६–० को फराकिलो अन्तरले हरायो।

ब्वाइज भलिबलमा वैस्नवी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जित हात पार्‍यो। वैस्नवीले माउन्ट ओलिभलाई २५–२२ र २५–२१ तथा अनल ज्योतिलाई २५–१५ र २५–१५ को सोझो सेटमा पराजित गर्‍यो।
अन्य खेलमा माउन्ट ओलिभले अनल ज्योतिलाई २५–९ र २५–१६, भ्याली पब्लिकले बालकुमारीलाई २५–१६ र २५–१४ तथा एलएले बालकुमारीलाई २३–२५, २५–११ र १५–९ ले हरायो।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले एक कार्यक्रमबीच गरिन्।

एलएका प्रिन्सिपल मुकुन्दराज शर्माका अनुसार प्रतियोगितामा ३ सामुदायिक विद्यालयसहित २२ विद्यालय सहभागी छन्। प्रतियोगितामा बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस र फुटसल गरी पाँच खेल समावेश छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल