Skip to main content

Elite News Nepal

काष्ठमण्डप ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा

Advertisement

काठमाडौं – काष्ठमण्डप छात्र फुटसल प्रतियोगितामा आयोजक काष्ठमण्डपका ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।

समूह ‘ए’ बाट काष्ठमण्डप ‘ए’ ६ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ‘बी’ बाट काष्ठमण्डप ‘बी’ ७ अंक जोड्दै समूह विजेता बनेको हो। प्रतियोगितामा ८ टिम सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको छ।

समूह ‘ए’ बाट ७ अंकसहित द सेलिब्रेसन को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकसहित एआईटीएम उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्।

सेमिफाइनलमा आयोजक काष्ठमण्डप ‘ए’ र ‘बी’ आमनेसामने हुनेछन् भने अर्को सेमिफाइनलमा सेलिब्रेसन को–एड र एआईटीएमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन काष्ठमण्डप प्लस–२ प्रोग्राम डाइरेक्टर रिचार्ड गोमेज र ए–लेभल प्रोग्राम डाइरेक्टर यादव थपलियाले संयुक्त रूपमा गरेका थिए।

शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित काष्ठमण्डप हातामा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल