Skip to main content

Elite News Nepal

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

Advertisement

काठमाडौं। मातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

औपचारिक उद्घाटन कार्यक्रम भने बुधबार सानोठिमीस्थित आयोजककै हातामा हुनेछ । बुधबारै ट्रफी पनि सर्वाजनिक गरिने आयोजक समितिका जयराम अधिकारीले मंगलबार बौद्धमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने छ । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी गराए । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा मातृभूमिकी प्रिन्सिपल प्रकृति केसी पन्तले उमेरसमूहका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै भावी खेलाडीलाई प्रेरित गर्नु पनि अर्को उद्देश्य रहेको बताइन् । प्रिन्सिपल पन्तले यो प्रतियोगितालाई निरन्तरता दिदै आगामी दिन टिम उपलब्ध भएमा छात्रा टिमलाई प्रोत्साहन गर्न छात्राको विधा पनि थप्ने प्रतिबद्धता जनाइन् ।

तीनदिने प्रतियोगिताका खेलहरु कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा खेलाइने छ । पहिलो र दोश्रो दिन समान ६–६ तथा तेश्रो तथा अन्तिम दिन ३ खेल गरी प्रतियोगितामा जम्मा १५ खेल हुनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल