Skip to main content

Elite News Nepal

नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

Advertisement

वानखेडे, मुम्बई – वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजलाई नेपालले १३४ रनको लक्ष्य दिएको थियो जुन लक्ष्य  १५.२ ओभरमै १ विकेट गुमाएर वेस्ट इन्डिजले पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका कप्तान शाई होप ले ४४ बलमा ६१ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। ब्रान्डन किंग ले १७ बलमा २२ रन जोडे भने शिम्रोन हेत्मेर ले ३२ बलमा ४६ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। नेपालका लागि नन्दन यादव ले एक मात्र विकेट लिए।

सुरुवातमै ब्याटिङ गरेको नेपाल को तर्फा बाट ओपनर कुशल भुर्तेल पहिलो ओभरमै १ रनमा बोल्ड भएपछि इनिङ्स कमजोर बनेको थियो। कप्तान रोहित पौडेल ७ बलमा ५ रन, आसिफ शेख १० बलमा ११ रन र आरिफ शेख ८ बलमा २ रनमै आउट भए। लोकेश बामले १५ बलमा १३ रन जोडे। दिपेन्द्र सिंह ऐरी ले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ५८ रनको महत्वपूर्ण अर्धशतक प्रहार गरे र टोलीलाई सम्मानजनक स्कोरतर्फ अघि बढाए थिए । गुलशन झाले १४ बलमा ११ रन बनाए भने सोमपाल कामी १५ बलमा २६ रनमा अविजित रहे। करण केसीले २ बलमा १ रन जोडेका थिए।

वेस्ट इन्डिजका बलर जेसन होल्डर ले सर्वाधिक ४ विकेट लिए। साथै म्याथ्यु फोर्डे, अकिल होसैन, शमार जोसेफ र रोस्टन चेस ले समान १/१ विकेट लिए। नेपालका लागि नन्दन यादव ले एक मात्र विकेट लिए।

नेपालले सुरुवाती ओभरहरूमा विकेट गुमाउनु नै हारको मुख्य कारण बन्यो भने वेस्ट इन्डिजले संयमित र आक्रामक ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

नेपालले आफ्नो अन्तिम खेल स्कोटल्याण्ड विरुद्ध फाल्गुन ५ गते नेपाली समय अनुसार साँझ ७:१५ खेल्ने छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल