Elite News Nepal

Month: May 2025

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

विराटनगर- कोशी प्रदेशमा डजबल खेलको संगठनात्मक विकास र विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले १३ सदस्यीय कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। थानेश्वर ढकालको संयोजकतामा गठित समितिमा, उपाध्यक्षमा जनार्दन मैनाली र काजी बहादुर कार्की, सचिवमा गोपाल निरौला, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, र सदस्यहरूमा खगेन्द्र पोखरेल, छिरिङ भोटे, खिलकुमार सुवेदी, प्रेम सुब्बा, भवानी प्रसाद पाठक, विवश प्रधान, रमीला नेपाली र केबलमणि रिजाल रहेका छन्। थानेश्वर ढकालका अनुसार, यस समितिको गठनसँगै डजबल खेलको प्रवर्धन, संरचना विस्तार, र प्रतियोगिता सञ्चालनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशमा डजबललाई विद्यालय, जिल्ला र प्रदेशस्तरमा संस्थागत बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा…
Read More
झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन

झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन

झापा – झापा जिल्लामा डजबल खेलको व्यापक विकास र विस्तारलाई थप गति दिनका लागि झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका तदर्थ समिति महासचिव अरुण तिमल्सिनाका अनुसार उक्त समिति गठनको निर्णय गत जेठ ८ गते बसेको बैठकबाट गरिएको हो। समितिको संयोजकको जिम्मेवारी हेडम्बराज निरौलालाई दिइएको छ भने अन्य सदस्यहरूमा समीर पोखरेल, आरोग्य तिम्सिना, मोहम्मद जाहिर रहमान, रेखा देवी साफी, सन्ध्या कुमारी डंगोल, र मन माया तिम्सिना रहेका छन्। समितिको संयोजक हेडम्बराज निरौलाले धन्यवाद ज्ञापन गर्दै झापा जिल्लाभित्र डजबल खेललाई विद्यालय स्तरदेखि नै व्यापक रूपमा विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निरौला समाजसेवी समेत…
Read More
मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

मोरङ– मोरङ जिल्लामा डजबल खेलको प्रवर्द्धन र संस्थागत विकासका लागि मोरङ जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका संस्थापक महासचिव तथा केन्द्रिय प्रतिनिधि अरुण तिमल्सिनाको अध्यक्षता र मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज बहादुर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भेलाबाट उक्त समिति गठन गरिएको हो। समितिको अध्यक्षमा रेवती रमण दाहाल चयन भएका छन् भने याबुक राई उपाध्यक्ष, दिनेश पौडेल सचिव, र सीता श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी समितिका सदस्यहरूमा सञ्चिता भुजेल, लैन बहादुर योञ्जन, मोहम्मद तारीक अनुवर, प्रेमनाथ माझी र वेद प्रकाश दाहाल सर्वसम्मत रूपमा चयन भएका छन्। सो अवसरमा बोल्दै अरुण तिमल्सिनाले मोरङमा डजबलको…
Read More
सांसद एलपी साँवाको सुझाव : आगामी बजेटले पुँजीगत खर्च बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

सांसद एलपी साँवाको सुझाव : आगामी बजेटले पुँजीगत खर्च बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

काठमाडौँ। प्रतिनिधि सभा सदस्य एलपी साँवाले आगामी आर्थिक वर्षको बजेटले पुँजीगत खर्चलाई प्रभावकारी रूपमा वृद्धि गर्नुपर्ने, चालु खर्च घटाउनु पर्ने र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन्। आज प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै साँवाले सरकारको आगामी बजेटले वित्तीय अनुशासन कायम गर्ने र जनतामा देश विकासप्रति आशा जागृत गराउने खालको हुनुपर्ने बताए। “आगामी बजेटले मुलुकको अर्थतन्त्र कुन दिशामा लैजाने हो भन्ने दिशाबोध गराउने खालको हुनुपर्छ,” सांसद साँवाले भने, “यो बजेट यथार्थपरक, प्राथमिकतामा आधारित र जनअपेक्षाअनुसार तयार हुनुपर्छ भन्ने अपेक्षा लिएको छु।” उनले बजेटले समग्र विकासको ढाँचा, गति र संस्कृतिमा परिवर्तन ल्याउने गरी राष्ट्रिय आवश्यकतानुसारको…
Read More
England awaits era-defining tournament as new Women’s Rugby World Cup trophy unveiled and further tickets released

England awaits era-defining tournament as new Women’s Rugby World Cup trophy unveiled and further tickets released

14 May 2025- With just 100 days to go until Women’s Rugby World Cup 2025 kicks off in Sunderland, World Rugby has today unveiled a bold new trophy – a symbol of the game’s unstoppable global rise – and announced the release of additional tickets for what promises to be a generational moment for the sport. The record-breaking tournament has already surpassed all expectations with 300,000 tickets already sold, more than double the total attendance from RWC 2021 in New Zealand, and is now firmly on course to become the biggest Women’s Rugby World Cup in history, not just in…
Read More
Mehidy and Bryce named ICC Players of the Month for April

Mehidy and Bryce named ICC Players of the Month for April

14 May 2025- Bangladesh all-rounder Mehidy Hasan Miraz and Scotland captain Kathryn Bryce have been named as the ICC Men's and Women's Players of the Month for April 2025. Mehidy becomes only the third player from Bangladesh to win the men's monthly award and the first in over two years. Shakib Al Hasan was the last Bangladesh player to win the award, in March 2023, while Mushfiqur is the other one to have won it. Superb performances with both bat and ball in a two-Test home series against Zimbabwe helped him win the award, his purple patch also helping grab…
Read More
विश्वकप लिग–२ र टी–२० सिरिज खेल्न नेपाली टोली स्कटल्याण्ड प्रस्थान

विश्वकप लिग–२ र टी–२० सिरिज खेल्न नेपाली टोली स्कटल्याण्ड प्रस्थान

काठमाडौं । स्कटल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज तथा टी–२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा विशेष कार्यक्रम गर्दै टोलीको औपचारिक बिदाइ गरेको हो। टोली आज साँझ स्कटल्याण्ड प्रस्थान गर्नेछ। नेपालले विश्वकप लिग–२ अन्तर्गत जुन २ देखि १० सम्म स्कटल्याण्ड र नेदरल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। उक्त सिरिजपछि नेपालले ती दुई देशसँग नै टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ, जुन जुन १५ देखि २० सम्म हुनेछ। लिग–२ का लागि नेपाली टोलीको नेतृत्व रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरी रहनेछन्। टोलीमा अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आसिफ…
Read More
साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । भारतको अरुणाचल प्रदेशस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार सम्पन्न साफ यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० को फराकिलो अन्तरले पराजित भएको छ। पहिलो हाफमै भारतले दुई गोल गर्दै खेलमा पकड बनाएको थियो। खेलको २८ औं मिनेटमा रोहेन सिंहले पहिलो गोल गरे भने त्यसको एक मिनेटमै ओमाङ डोडुमले दोस्रो गोल थप्दै भारतलाई २–० को अग्रता दिलाए। दोस्रो हाफमा पनि भारतको दबाब कायमै रह्यो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे भने ८४ औं मिनेटमा ड्यानी मिटेले चौथो गोल थप्दै भारतको जित सुनिश्चित गरे। यस जितसँगै भारत समूह 'बी' को विजेता बनेको छ। उसले यसअघि श्रीलंकालाई ८–०…
Read More
नेपालका मिलन तामाङको धमाकेदार जित, थाइल्यान्डका प्रतिस्पर्धी नकआउट

नेपालका मिलन तामाङको धमाकेदार जित, थाइल्यान्डका प्रतिस्पर्धी नकआउट

काठमाडौं — बूढानीलकण्ठ फाइट नाइटको मुख्य आकर्षणका रूपमा आयोजित पुरुष ६० केजी मुवाँथाईं प्रतिस्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन्। बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो राउन्डमै नकआउट गर्दै उपाधि चुमे। उक्त जितसँगै मिलनले १ लाख नेपाली रुपैयाँ पुरस्कार जिते भने उपविजेता असादाले ९ सय अमेरिकी डलर प्राप्त गरे। प्रतियोगिता काठमाडौंको गोल्फुटारमा सम्पन्न भएको हो। अन्य स्पर्धामा पनि नेपाली खेलाडीहरूको वर्चस्व देखियो। पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले कुञ्जन घिमिरेलाई पराजित गरे। ५४ केजीमा पुरनजित राईले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई हराउँदै विजेता बने। ७० केजी तौल समूहमा महेन्द्र गज्मेरले रोनिश सुब्बालाई हराए। पुरुष ५७ केजीमा…
Read More
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक

अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतबार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अङ्क जोडे । दस दिनको अवधिमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१ औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत जितेका थिए । वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो । अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेश्रो डान…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल