Skip to main content

Elite News Nepal

मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन

Advertisement

 

काठमाडौं। प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार औपचारिक उद्घाटन भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसी पन्तले सानोठिमीस्थित मातृभूमिमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । खेल भने बिहीबारदेखि मात्र हुनेछ । उद्घाटनकै अवसरमा भेषावकर र केसीले ट्रफी पनि सर्वाजनिक गरेका थिए ।

प्रतियोगितामा ८ छात्र टिमको सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

समूह ‘ए’ मा जनप्रेमी वल्र्ड स्कुल, विनायक शिक्षा निकेतन, ग्लोबल पब्लिक स्कुल र जेम्स तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, सहारा स्कुल, अक्षरा र मातृभूमि छन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।

पहिलो दिन मातृभूमि र सहाराबीचको खेलसहित लिगका ६ खेल हुनेछ । दोश्रो दिन पनि समूह चरणका ६ खेल हुनेछ । अन्तिम दिन शनिबार २ सेमिफाइनल र फाइनल हुनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल