Skip to main content

Elite News Nepal

Breaking News 1

बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

धरान – २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। एनआरटीले तेस्रो पटक उपाधि जित्ने अवसर पाएको छ भने चर्च ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। उता चर्च ब्वाइजले नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै उपाधि नजिक पुगेको छ। यस सिजनमा यी दुई क्लबले विभिन्न चार प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्, जसमध्ये तीनवटा प्रतियोगिताको फाइनलमा सँगै भिडेका थिए। एनआरटीका टिम…
Read More
केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

काठमाडौं, फागुन ११ – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप शुक्रबार काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा कलाकार टोलीले राजनीतिज्ञ टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ। राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा आयोजना गरेको यो मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ टोलीका कप्तान क्षितिज थेबे थिए भने कलाकार टोलीको नेतृत्व बद्री पंगेनीले गरेका थिए। खेल अवधिभर कलाकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राख्यो। अन्ततः, चार गोल गर्दै कलाकार टोलीले सहज जित हात पार्यो, जबकि राजनीतिज्ञ टोलीले एक मात्र सान्त्वना गोल गर्न सक्यो। तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने…
Read More
आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

काठमाडौं। विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन सम्पन्न पुरुष तथा महिला ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार पुरुषतर्फ विकास घिमिरे र महिलातर्फ राज्यलक्ष्मी रावलले पहिलो स्थान प्राप्त गरेका छन्। विकासले २ः१०ः११ मिनेटमा निर्धारित दुरी पूरा गरे भने राज्यलक्ष्मीले २ः३५ः३४ मिनेटमा दौड सम्पन्न गरिन्। पुरुषतर्फ दोस्रो स्थान मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भरत रानाले (२ः१३ः९१ मिनेट) हासिल गरे भने महिलातर्फ हिमाली शाही (२ः५८ः६५ मिनेट) दोस्रो भइन्। तेस्रो स्थान सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निपूर्ण चन्द (पुरुष) र गण्डकी विश्वविद्यालयकी कृति गिरी (महिला) ले प्राप्त गरे। महिला लङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी सञ्चिता…
Read More
चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

काठमाडौं। नेपाली क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्च ब्वाइज युनाइटेडले २५औं बुढासुब्बा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा चर्च ब्वाइजका दुई खेलाडी समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। समिरले खेलको २१औं, २६औं र ८५औं मिनेटमा गोल गरेका थिए भने अर्माण्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई फाइनलमा पुर्‍याए।   खेल सुरु भएदेखि नै आक्रामक देखिएको चर्च ब्वाइजले पहिलो हाफमै चार गोल गर्दै भुटानी क्लबलाई दबाबमा राखेको थियो।…
Read More
एथलेटिक्सको १०० मिटर दौडमा मुकेश र विनाको स्वर्ण

एथलेटिक्सको १०० मिटर दौडमा मुकेश र विनाको स्वर्ण

  काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्स १०० मिटर दौडमा स्वर्ण जितेका छन्। मुकेश पुरुष र विना महिलामा पहिलो भए। पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मुकेशले १०० मिटर दूरी ११.२२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। काठमाडौं विश्वविद्यालयका विकासकुमार शाहले ११.६५ सेकेन्डमा दोश्रो स्थान हासिल गरे भने टीयूका प्रकाश जोशी ११.८४ सेकेन्डमा तेश्रो भए। विनाले महिलामा १०० मिटर दौड १४.४० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान ओगटिन्। टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो र पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो स्थानमा रहे। अर्को स्वर्ण मुकेशले पुरुष लङजम्पमा जिते। उनले ६.७०…
Read More
ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, ५ फेब्रुअरी – ज्ञान संस्कार इन्टरनेशनल स्कूलले आगामी माघ २६ गते द्वितीय ज्ञान संस्कार अन्तर विद्यालयस्तरीय राष्ट्रिय स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगिता नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। यस अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ, भने दोस्रो र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई मेडल र प्रमाणपत्रले सम्मानित गरिने व्यवस्था गरिएको छ। सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने छ। विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले…
Read More
पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

काठमाडौं। टियु क्रिकेट मैदानमा भएको सिरिजको सातौं खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। पहिलो ओभरमै सम्झना खड्का ६ रनमा आउट भइन् भने ममता चौधरी पनि २.४ ओभरमा मात्र १ रन बनाएर पभेलियन फर्किइन्। दुवै विकेट नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले लिइन्। तर नेपालका लागि पुजा महतो र कप्तान इन्दु बर्माले इनिङ्स सम्हाल्दै उत्कृष्ट साझेदारी गरे। १० ओभरसम्म नेपाल ६६ रन दुई विकेटको अवस्थामा पुगेको थियो, जहाँ पुजा महतो २८ रन र इन्दु बर्मा ३० रनमा ब्याटिङ गरिरहेकी थिइन्। कप्तान इन्दु बर्माले ३९ रन बनाउँदै महत्वपूर्ण इनिङ्स खेलिन् जसमा उनले पाँच चौका प्रहार गरिन्। उनी १२.६ ओभरमा आउट भइन्। पुजा…
Read More
नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ। आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन। हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र…
Read More
ओएसिसलाई हराउँदै हिमालयन ए बन्यो केसीए यू-१४ क्रिकेट च्याम्पियन

ओएसिसलाई हराउँदै हिमालयन ए बन्यो केसीए यू-१४ क्रिकेट च्याम्पियन

काठमाडौँ – ग्रेड हिमालयन क्रिकेट एकेडेमीले केसीए यू-१४ क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै च्याम्पियन बनेको हो। हिमालयनले ९७ रनको लक्ष्य राख्दा ओएसिस क्रिकेट एकेडेमी १७.५ ओभरमा सबै विकेट गुमाउँदै ३६ रन मात्र बनाउन सक्यो। ओएसिसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए। पहिले ब्याटिङ गरेको हिमालयनको टिममा तपेन्द्र विष्टले २६ रन र सुलभ न्यौपानेले १५ रनको योगदान दिए। उपाधिसँगै हिमालयनले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता ओएसिसले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। प्रतियोगिताको विशेष पुरस्कारमा हिमालयन ए का सौगात धामीले…
Read More
नेपालको संघर्ष असफल, थाइल्याण्डसँग ५ रनको हार

नेपालको संघर्ष असफल, थाइल्याण्डसँग ५ रनको हार

काठमाडौं। थाइल्याण्डले नेपाललाई ५ रनले हराउँदै चौथो लगातार जित हात पारेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको यस रोमाञ्चक खेलमा नेपालले राम्रो खेल प्रस्तुत गरे पनि अन्तत हार ब्यहोर्नुपर्‍यो। थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यो र २० ओभरमा १०६/६ रन बनायो। थाइल्याण्डले राम्रो सुरुवात गरेन र मनीषा उपाध्यायले टप अर्डरलाई चकित पार्दै सातौं ओभरमा कप्तान नरुमोल चाइवाई र नत्थाकन चान्तमलाई ० रनमा आउट गरिन। यद्यपि थाइल्याण्डको निचला अर्डरले आत्मविश्वासका साथ खेललाई अगाडि बढायो। चानिदा सुत्थिरुआंगले २७ रन, थिपछा पुच्छावोङले २५ रन र नान्नापत कोन्चारोएनकाईले १९ रन योगदान दिए। मनीषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै १२.५ ओभरमा ह्याट्रिक पूरा गरिन्…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल