Skip to main content

Elite News Nepal

ओएसिसलाई हराउँदै हिमालयन ए बन्यो केसीए यू-१४ क्रिकेट च्याम्पियन

Advertisement

काठमाडौँ ग्रेड हिमालयन क्रिकेट एकेडेमीले केसीए यू-१४ क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै च्याम्पियन बनेको हो।

हिमालयनले ९७ रनको लक्ष्य राख्दा ओएसिस क्रिकेट एकेडेमी १७.५ ओभरमा सबै विकेट गुमाउँदै ३६ रन मात्र बनाउन सक्यो। ओएसिसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए।

पहिले ब्याटिङ गरेको हिमालयनको टिममा तपेन्द्र विष्टले २६ रन र सुलभ न्यौपानेले १५ रनको योगदान दिए।

उपाधिसँगै हिमालयनले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता ओएसिसले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

प्रतियोगिताको विशेष पुरस्कारमा हिमालयन ए का सौगात धामीले १० विकेट लिएर ‘वेस्ट बलर’को पुरस्कार जिते, केबीन दैलिएलले ‘वेस्ट ब्याटर’को अवार्ड प्राप्त गरे, र जयन्द्र विष्टले ‘प्लेयर अफ द सिरिज’को अवार्ड जिते। यी तीनै खेलाडीलाई समान ५ हजार रुपैयाँ पुरस्कार दिइयो।

प्रतियोगिताको समापन समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र उपाध्यक्ष रोशनकुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समापन अवसरमा काठमाडौं क्रिकेट एकेडेमीको उद्घाटन पनि गरिएको थियो।

यसैगरी, भंगाल नगरपालिकाका मेयर संजिव शाह, नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेख लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल