Skip to main content

Elite News Nepal

नेपाल कराते महासंघ द्वारा तमु धि युके सम्मानित

Advertisement

काठमाडौं। नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ । तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

बेलायतमा बसोबास गर्दै आएका तमु धि युकेका प्रतिनिधिहरूले नेपाली खेलकुदको विकास तथा विभिन्न परोपकारी कार्यमा निरन्तर योगदान पु¥याउँदै आएका छन् । सोही योगदानको कदर गर्दै महासंघले सम्मान अर्पण गरेको जनाएको छ ।

कार्यक्रममा नेपालका लागि ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, वरिष्ठ कराते प्रशिक्षक महेशकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ, सितोरियो कराते डो संघका सचिव प्रेमलाल बम्जन, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ तथा कराते प्रशिक्षकहरू राम थारु, गोविन्द राना, ईश्वर खापाङ्गी, तारा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

तमु धि युकेले नेपाल कराते महासंघ प्रति हार्दिक आभार व्यक्त गर्दै नेपालका लागि ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई “गुडविल एम्बास्डर” को छिट्टै घोषणा गर्ने समेत संस्थाका महासचिव डा विशाल गुरुङले उद्घोष गरेका छन ।

यस सम्मानले प्रवासमा रहेर पनि नेपाली खेलकुद र समाजसेवामा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थाहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल