Skip to main content

Elite News Nepal

संघीय संसदमा व्यस्त दिन: एकैदिन आठवटा समितिको बैठक

Advertisement

काठमाडौं ।  बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन् ।

यसैअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्नेछन् ।

यस्तै,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बिहान साढे ११ बजे बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि आज बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिमा समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । साथै,राज्यव्यवस्था तथा सुशासन समितिको सवा १२ बजे बैठक बस्दैछ । उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने भएको छ।

आज दिउँसो साढे १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्नेछन् ।

यस्तै,राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको ४५ औँ बैठक पनि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । साढे ११ बजेका लागि बोलाइएको बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल