Skip to main content

Elite News Nepal

कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो : राजेन्द्र लिङ्देन

Advertisement

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हाल देशको अवस्था गम्भीर रहेको बताएका छन्। उनले आर्थिक संकट, शान्ति सुरक्षा, रोजगारीको अभाव तथा अन्तर्राष्ट्रिय स्तरमा देशको गिरिरहेको प्रतिष्ठा चिन्ताजनक भएको उल्लेख गरे।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्दै उनले मुलुक ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादीलाई मुख्य जिम्मेवार ठहर गरे। लिङ्देनले वर्तमान अवस्थामा सुधार नगरे युवा पुस्ताले भविष्यमा नेतृत्व गर्ने बेला देश नै संकटमा पर्ने चेतावनी दिए।

लिङ्देनले देशको वर्तमान अवस्था कांग्रेस, एमाले र माओवादीको असफल नेतृत्वका कारण आएको दाबी गरे। उनले भने, “अहिले देश विशिष्ट परिस्थितिमा छ। अर्थतन्त्र कमजोर, शान्ति सुरक्षा खतरामा, रोजगारीको अवसर गुम्दैछ र अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा घट्दै गएको छ। यदि यो क्रम जारी रह्यो भने भविष्यमा युवाले नेतृत्व गर्ने बेला देश नै नरहने स्थिति आउन सक्छ।”


उनले देशको संकटले युवाको भविष्य अन्धकार बनाउने बताउँदै प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मेवार ठहर गरे।

लिङ्देनले देशको भविष्य युवाहरुको हातमा रहेको भन्दै उनीहरुले परिवर्तनको निम्ति अगाडि आउनुपर्ने बताए। उनले थपे, “देश बिग्रियो भने देउवा, ओली र प्रचण्डलाई केही फरक पर्दैन, तर युवाहरुको भविष्य अन्धकारमा पर्नेछ। त्यसैले, युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।”

लिङ्देनको अनुसार अबको राजनीति स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा केन्द्रित हुन आवश्यक छ। उनले युवा पुस्तालाई नेतृत्वदायी भूमिका लिन आह्वान गर्दै कांग्रेस, एमाले र माओवादीको असफल नीतिहरुका कारण मुलुक पछाडि परेको दाबी गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल