Skip to main content

Elite News Nepal

मनोरञ्जन

बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

धरान – २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। एनआरटीले तेस्रो पटक उपाधि जित्ने अवसर पाएको छ भने चर्च ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। उता चर्च ब्वाइजले नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै उपाधि नजिक पुगेको छ। यस सिजनमा यी दुई क्लबले विभिन्न चार प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्, जसमध्ये तीनवटा प्रतियोगिताको फाइनलमा सँगै भिडेका थिए। एनआरटीका टिम…
Read More
केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

काठमाडौं, फागुन ११ – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप शुक्रबार काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा कलाकार टोलीले राजनीतिज्ञ टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ। राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा आयोजना गरेको यो मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ टोलीका कप्तान क्षितिज थेबे थिए भने कलाकार टोलीको नेतृत्व बद्री पंगेनीले गरेका थिए। खेल अवधिभर कलाकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राख्यो। अन्ततः, चार गोल गर्दै कलाकार टोलीले सहज जित हात पार्यो, जबकि राजनीतिज्ञ टोलीले एक मात्र सान्त्वना गोल गर्न सक्यो। तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने…
Read More
जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण माघ २४ गतेदेखि सुरु

जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण माघ २४ गतेदेखि सुरु

जनकपुरधाम । ऐतिहासिक तथा सांस्कृतिक नगर जनकपुरधाममा छैठौँ जनकपुर साहित्य उत्सव आगामी माघ २४ गतेदेखि २६ गतेसम्म भव्य रूपमा आयोजना हुने भएको छ। नवमिथिला फाउन्डेसनको आयोजनामा तीन दिनसम्म चल्ने यस उत्सवमा साहित्य, राजनीति, समाज, संस्कृति, खेलकुद, उद्यमशीलता, शिक्षा र कानून जस्ता विविध विषयमा गहन छलफल तथा विमर्श हुनेछ। यस उत्सवको उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। फाउन्डेसनका अध्यक्ष अमित साहका अनुसार यस पटक उत्सवमा १७ वटा विशिष्ट सत्रहरू तय गरिएको छ। उत्सवको दोस्रो दिन माघ २५ गते विभिन्न सत्रहरू सञ्चालन हुनेछन्। जनकपुरधामको चुनौती तथा अवसरबारे छलफल गरिने छ। डिजिटल युगमा पठन संस्कृतिको प्रभावबारे बहस…
Read More
नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ। आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन। हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र…
Read More
नेपाल चेम्बर अफ कमर्सले खेलकुद र प्रदर्शनका लागि विभिन्न संस्थासँग सहकार्य सम्झौतामा हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्सले खेलकुद र प्रदर्शनका लागि विभिन्न संस्थासँग सहकार्य सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खेलकुदको क्षेत्र र सम्बन्धित सामाग्रीहरूको प्रर्दशनीको आयोजनाका लागि विभिन्न प्रतिष्ठित संस्थासँग सहकार्यको सम्झौता गरेको छ। चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्फ्रास्ट्रक्चर र नेपाल स्पोर्ट्स एशोसिएसनसँग सहकार्यको सम्झौतामा हस्ताक्षर गरेको हो। सम्झौताअनुसार, आगामी नेपाल स्पोर्ट्स कन्क्लेभ २०२५, दोस्रो नेपाल स्पोर्ट्स एण्ड फिटनेस एक्सपो २०२५ र पाँचौं स्पोर्ट्स च्याम्पियनशिप एण्ड एक्सपो जस्ता महत्त्वपूर्ण खेलकुद आयोजनामा सहकार्य गरिनेछ। यी आयोजनाहरूको उद्देश्य नेपालमा खेलकुदको विकास र अवसर सिर्जना गर्नु रहेको छ। सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल…
Read More
ओएसिसलाई हराउँदै हिमालयन ए बन्यो केसीए यू-१४ क्रिकेट च्याम्पियन

ओएसिसलाई हराउँदै हिमालयन ए बन्यो केसीए यू-१४ क्रिकेट च्याम्पियन

काठमाडौँ – ग्रेड हिमालयन क्रिकेट एकेडेमीले केसीए यू-१४ क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै च्याम्पियन बनेको हो। हिमालयनले ९७ रनको लक्ष्य राख्दा ओएसिस क्रिकेट एकेडेमी १७.५ ओभरमा सबै विकेट गुमाउँदै ३६ रन मात्र बनाउन सक्यो। ओएसिसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए। पहिले ब्याटिङ गरेको हिमालयनको टिममा तपेन्द्र विष्टले २६ रन र सुलभ न्यौपानेले १५ रनको योगदान दिए। उपाधिसँगै हिमालयनले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता ओएसिसले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। प्रतियोगिताको विशेष पुरस्कारमा हिमालयन ए का सौगात धामीले…
Read More
नेपालको संघर्ष असफल, थाइल्याण्डसँग ५ रनको हार

नेपालको संघर्ष असफल, थाइल्याण्डसँग ५ रनको हार

काठमाडौं। थाइल्याण्डले नेपाललाई ५ रनले हराउँदै चौथो लगातार जित हात पारेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको यस रोमाञ्चक खेलमा नेपालले राम्रो खेल प्रस्तुत गरे पनि अन्तत हार ब्यहोर्नुपर्‍यो। थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यो र २० ओभरमा १०६/६ रन बनायो। थाइल्याण्डले राम्रो सुरुवात गरेन र मनीषा उपाध्यायले टप अर्डरलाई चकित पार्दै सातौं ओभरमा कप्तान नरुमोल चाइवाई र नत्थाकन चान्तमलाई ० रनमा आउट गरिन। यद्यपि थाइल्याण्डको निचला अर्डरले आत्मविश्वासका साथ खेललाई अगाडि बढायो। चानिदा सुत्थिरुआंगले २७ रन, थिपछा पुच्छावोङले २५ रन र नान्नापत कोन्चारोएनकाईले १९ रन योगदान दिए। मनीषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै १२.५ ओभरमा ह्याट्रिक पूरा गरिन्…
Read More
पूजा महतो आईसीसी ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश

पूजा महतो आईसीसी ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश

नेपालकी यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो आईसीसी यु-१९ महिला विश्वकप २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन्। यससँगै उनी एसोसिएट राष्ट्रबाट चयन हुने एक मात्र खेलाडी बनी इतिहास रचिन्। आईसीसी यु-१९ महिला विश्वकप २०२५ को समापन पछि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले ‘टिम अफ द टुर्नामेन्ट’मा चयन भएका १२ खेलाडीको नाम सार्वजनिक गरेको हो। यसमा नेपालबाट पूजा महतो पनि समावेश भएकी छन्। नेपालले पहिलो पटक यु-१९ महिला विश्वकप खेल्ने अवसर पाएको थियो, र यद्यपि नेपाल समूह चरणबाट बाहिरिएको थियो, पूजा महतोको व्यक्तिगत प्रदर्शन धेरै उत्कृष्ट रह्यो। उनले १४.३ ओभर बलिङ गर्दै ६३ रन खर्चेर ९ विकेट…
Read More
थाईल्यान्डको उत्कृष्ट प्रदर्शन, नेदरल्यान्ड्सविरुद्ध सानदार जित

थाईल्यान्डको उत्कृष्ट प्रदर्शन, नेदरल्यान्ड्सविरुद्ध सानदार जित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा थाइल्याण्ड महिला क्रिकेट टोलीले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गर्दै WT20I त्रिकोणात्मक श्रृंखलामा आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। यस जितसँगै थाइल्याण्डले श्रृंखलामा अपराजित यात्रालाई कायम राख्दै फाइनलको यात्रा सुनिश्चित गरेको छ। टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको थाइल्याण्डको सुरुवात त्यति राम्रो रहेन। टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै गए पनि अनुभवी ब्याटर चानिदा सुथिरुआङले २८ बलमा २७ रनको महत्वपूर्ण योगदान दिइन्। अन्य ब्याटरहरू नदुर्मोल चाईवायी ८ रन र फान्निता माया १२ रनले केही हदसम्म सहयोग गरे पनि टोली १९.५ ओभरमा ८६ रनमै अलआउट भयो।   नेदरल्यान्ड्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै थाइल्याण्डलाई न्यून…
Read More
भारतको अविजित यात्रा, दोस्रो पटक लगातार महिला यू १९ टी-२० विश्वविजेता

भारतको अविजित यात्रा, दोस्रो पटक लगातार महिला यू १९ टी-२० विश्वविजेता

मलेसियाको बायुएमास ओभलमा सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि जितेको छ। गोंगडी त्रिशाले ३ विकेट लिएर दक्षिण अफ्रिकालाई ८२ रनमै सीमित गरिन्। त्यसपछि उनले अविजित ४४ रन बनाउँदै ११.२ ओभरमै भारतलाई सहज जित दिलाइन्। त्रिशा प्रतियोगिताकी सर्वाधिक रन बनाउने खेलाडी बनिन्, उनले ७ इनिङमा ३०९ रन बनाइन्। भारतका बलरहरूले दक्षिण अफ्रिकालाई थोरै रनमै रोक्न उत्कृष्ट प्रदर्शन गरे। परुनिका सिसोदियाले २/६, आयुषी शुक्लाले २/९, र वैश्नवी शर्माले २/२३ को प्रभावशाली बलिङ गरे। ८३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ११.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। संजिका चाल्केले २६…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल