Skip to main content

Elite News Nepal

थाईल्यान्डको उत्कृष्ट प्रदर्शन, नेदरल्यान्ड्सविरुद्ध सानदार जित

Advertisement

काठमाडौं। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा थाइल्याण्ड महिला क्रिकेट टोलीले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गर्दै WT20I त्रिकोणात्मक श्रृंखलामा आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। यस जितसँगै थाइल्याण्डले श्रृंखलामा अपराजित यात्रालाई कायम राख्दै फाइनलको यात्रा सुनिश्चित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको थाइल्याण्डको सुरुवात त्यति राम्रो रहेन। टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै गए पनि अनुभवी ब्याटर चानिदा सुथिरुआङले २८ बलमा २७ रनको महत्वपूर्ण योगदान दिइन्। अन्य ब्याटरहरू नदुर्मोल चाईवायी ८ रन र फान्निता माया १२ रनले केही हदसम्म सहयोग गरे पनि टोली १९.५ ओभरमा ८६ रनमै अलआउट भयो।

 

नेदरल्यान्ड्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै थाइल्याण्डलाई न्यून स्कोरमा रोक्न सफल भए। आइरिस ज्विलिङ, ईवा लिंच र सिल्भर सिजरले समान २-२ विकेट लिएर थाइल्याण्डको ब्याटिङ लाइनअपलाई थर्थर पारिदिए।

८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेदरल्यान्ड्सको सुरुवात निकै निराशाजनक रह्यो। थाइल्याण्डका बलरहरूको कडा प्रदर्शनका कारण उनीहरू दबाबमा परे। कप्तान बाबेट डि लिडेले २५ रनको संघर्षपूर्ण पारी खेले पनि अन्य ब्याटरहरू लामो समय टिक्न सकेनन्।

थाइल्याण्डका बलर ओन्निचा क्याम्चोम्फुले १७ रन खर्चेर ३ विकेट लिइन् भने थिपाचार पुथ्थावोंगले १० रनमा ३ विकेट लिएर नेदरल्यान्ड्सलाई १५.५ ओभरमै ६९ रनमा समेटिदिए। यससँगै थाइल्याण्डले १७ रनको शानदार जित निकाल्यो।

थाइल्याण्डको जितमा निर्णायक भूमिका खेलेकी चानिदा सुथिरुआङलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। उनीहरूले यस श्रृंखलामा लगातार तीन जित दर्ता गर्दै फाइनलको नजिक पुगेका छन्।

अर्को खेलमा थाइल्याण्डले नेपालसँग प्रतिस्पर्धा गर्नेछ भने नेदरल्यान्ड्सले पनि नेपालविरुद्ध जितका लागि संघर्ष गर्नेछ। यस रोमाञ्चक श्रृंखलाले महिला क्रिकेटप्रेमीहरूलाई थप उत्साहित बनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल