19
Jul
श्रावण ४, काठमाडौं। पेरिसमा हुने ३३ औँ ग्रीष्मकालीन ओलम्पिक २०२४ मा जान लागेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका छन् । विदाईमा एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ, सुटिङतर्फ सुस्मिता नेपाल र ब्याडमिन्टनबाट प्रिन्स दाहालको सहभागिता रहेको थियो । विदाई मन्तव्यमा राष्ट्रपति पौडेलले देशलाई विश्वमा चिनाउने उत्कृष्ट माध्यम खेलकुद हो ।पेरिसमा हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी खेलाडीले राष्ट्रको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्दै उनले खेलकुदमा जित र हार दुवै अपरिहार्य रहेको बताए । आज विदाई कार्यक्रममा विभिन्न ६ खेलका ५ प्रशिक्षक सहभागी भएका थिए। जसमा ब्याडमिन्टनका प्रिन्स दाहालले प्रशिक्षक बिना नै ओलम्पिक खेल्ने भएका छन्। जुडोबाट…