Skip to main content

Elite News Nepal

राष्ट्रपति र खेलकुद तथा युवा मन्त्रीद्वारा ओलम्पिक खेलाडी र प्रशिक्षकको बिदाई समारोह

श्रावण ४, काठमाडौं। पेरिसमा हुने ३३ औँ ग्रीष्मकालीन ओलम्पिक २०२४ मा जान लागेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका छन् ।
विदाईमा एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ, सुटिङतर्फ सुस्मिता नेपाल र ब्याडमिन्टनबाट प्रिन्स दाहालको सहभागिता रहेको थियो । विदाई मन्तव्यमा राष्ट्रपति पौडेलले देशलाई विश्वमा चिनाउने उत्कृष्ट माध्यम खेलकुद हो ।पेरिसमा हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी खेलाडीले राष्ट्रको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्दै उनले खेलकुदमा जित र हार दुवै अपरिहार्य रहेको बताए ।
आज विदाई कार्यक्रममा विभिन्न ६ खेलका ५ प्रशिक्षक सहभागी भएका थिए। जसमा ब्याडमिन्टनका प्रिन्स दाहालले प्रशिक्षक बिना नै ओलम्पिक खेल्ने भएका छन्। जुडोबाट देवु थापा, पौडीमा नयना शाक्य, टेबलटेनिसमा राजेन्द्र कपाली, एथलेटिक्समा कान्ति महतो र सुटिङमा प्रदीप खाती रहेका छन् ।
Advertisement: https://range.edu.np/
राष्ट्रपति पौडेलले खेलाडीलाई लगन र दृढताका साथ ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुझाव दिए। आफ्नो नाभिको बल लिएर प्रतिस्पर्धामा उत्रिए सफलता आफैं आउँछ, उनले भने। हामी सबैले तपाईलाई साथ दिन्छौं। ‘नयाँ कीर्तिमान बनाएसँगै नेपाल ओलम्पिकमा फर्किनेमा राष्ट्रपति पौडेल आशावादी दिए ’।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि खेलाडीलाई शुभकामना दिँदै ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरी सबै कीर्तिमान नेपालीको नाममा राख्न आग्रह गरे ।। उनले भने, ‘नेपालले आफ्नो शिर माथि उठाइरहेको छ। अब, प्रत्येक ओलम्पिक खेलको रेकर्ड तोड्नुहोस्। नेपाली स्वाभिमान र पहिचानको रक्षा गरून् भनी कामना गर्दछु। मन्त्रालयको तर्फबाट म तपाईंलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। खेल र यसका खेलाडी राष्ट्रको धन हो, त्यसैले निडर भई राष्ट्रको हित र प्रतिष्ठाका लागि खेल्न उनले आग्रह गरे ।।
पेरिसमा जारी ३३औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षक र अधिकारीहरूसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ कार्यक्रममा सहभागिता जनाएका थिए । विदाई कार्यक्रममा चार ओलम्पिक खेलाडी मात्रै थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल