Elite News Nepal

खेल समाचार

स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

काठमाडौं— नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई विशेष रूपमा सम्मान गरेको छ। विश्व कराते महासंघ (WKF)को आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न "डब्लुकेएफ कराते वान सिरिज ‘ए’" मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। एरिकाले महिला कुमिते ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले पहिलो चरणमा ट्युनिसियाकी मसाक्नी टेस्निम, दोस्रो चरणमा चेक रिपब्लिककी हाकोभा अमाली, र फाइनलमा पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। सेमिफाइनलमा उनले अमालीलाई ७–० को फराकिलो अन्तरले हराएकी थिइन् भने फाइनलमा मसाक्नीलाई २–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। यो…
Read More
फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने यो खेल लिग चरणको अन्तिम खेल हुनेछ। नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ। अन्तिम खेल अघि नै फाइनल यात्रा तय गरिसकेकाले नेपालका लागि यो खेल दबाबमुक्त रहनेछ। तर, म्यानमार भने नेपालका लागि कठिन प्रतिद्वन्द्वी साबित हुँदै आएको छ। अहिलेसम्म खेलेका चार खेलमध्ये नेपालले तीन खेल गुमाएको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल म्यानमारविरुद्धको रेकर्ड सुधार्ने लक्ष्यमा हुनेछ। फाइनल अघि आत्मविश्वास थप मजबुत बनाउने अवसर भएकाले…
Read More
बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

झापा – झापा ११ एफसीले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा स्थान बनाएको छ। बिहीबार भद्रपुरस्थित मेची रंगशालामा भएको दोस्रो दिनको खेलमा झापा ११ ले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो। झापाका बबिन बोहोराले खेलको २९औँ मिनेटमा एक मात्र निर्णायक गोल गरे। एरोन थापाको क्रस पासमा उनले वान टचमा उत्कृष्ट फिनिश गर्दै झापालाई अग्रता दिलाए। यो गोल नै जितको लागि पर्याप्त बन्यो। खेल अवधिभर दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेनन्। मछिन्द्रले खेलको २०औँ मिनेटमै अग्रता लिने…
Read More
थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

बागमती । सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ४-० गोलअन्तरले पराजित गर्यो। थ्री स्टारका खेलाडीहरूले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै सुशील राईले थ्री स्टारलाई अग्रता दिलाए भने १७औं मिनेटमा नवीन लामाले गोल गर्दै टिमको पकड बलियो बनाए। २४औं मिनेटमा विदेशी खेलाडी फोफनाले गोल थप्दै खेलको गति तीव्र बनाए। ३४औं मिनेटमा थ्री स्टारले थप एक गोल गर्दै हिमालयन शेर्पालाई पूर्ण रूपमा दबाबमा राख्यो। खेलको म्यान अफ द म्याच…
Read More
एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा

एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा

इटहरी – जारी १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा सगरमाथाले एनआरटी क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। खेलको ६औं मिनेटमै सगरमाथा युथ क्लबका विदेशी खेलाडी रिचर्डले निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलसम्म पुर्याए। उत्कृष्ट प्रदर्शन गरेका रिचर्ड म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल सोमबार झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ। इटहरीमा फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ, जबकि उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको आयोजना राष्ट्रिय जागृती…
Read More
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सुरूवात: नेपाल पहिलो खेलमा किर्गिस्तानसँग आमनेसामने

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सुरूवात: नेपाल पहिलो खेलमा किर्गिस्तानसँग आमनेसामने

काठमाडौं । नेपाली महिला फुटबल टिम अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छ, जसको उद्घाटन खेल आजदेखि दशरथ रंगशालामा सुरू हुँदैछ। नेपालसहित चार राष्ट्रको सहभागिता रहेको यस प्रतियोगितामा म्यानमार, लेबनान र किर्गिस्तानले पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। आजको पहिलो खेल दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ भने नेपाली टिम साँझ ६ बजे किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। हाल फिफा वरीयतामा नेपाल १०३ औं स्थानमा छ भने किर्गिस्तान १२८ औं स्थानमा रहेको छ, जसले गर्दा नेपाललाई उत्कृष्ट अवसर मिलेको देखिन्छ। नेपाली टिम गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा मैदानमा उत्रिनेछ भने डिफेन्स, मिडफिल्ड र फरवार्डमा अनुभवी खेलाडीहरू सामेल छन्।…
Read More
नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको महिला रग्बी प्रतियोगिता आयोजना

नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको महिला रग्बी प्रतियोगिता आयोजना

काठमाडौं । नेपाल महिला रग्बी क्लबको आयोजनामा राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप २०२५ हुने भएको छ। आगामी फागुन ६ र ७ गते भक्तपुरको मध्यपुर युथ क्लबको मैदानमा हुने प्रतियोगितामा ६ प्रदेश र २ क्लबसहित ८ टिमको सहभागिता रहनेछ। आयोजक क्लबका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, आयोजक नेपाल महिला रग्बी क्लब र हिमालय टाइगर्स गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता लिग-कम-नकआउट प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार प्रत्येक समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडलसहित ३० हजार…
Read More
नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू सबै नेपाल आइसकेका छन्, र उद्घाटन खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ। नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङका अनुसार किर्गिस्तान बलियो टोली भएकाले नेपालका लागि चुनौतीपूर्ण खेल हुने छ। उनले भने, "६ वर्षअघि किर्गिस्तानविरुद्ध ८-२ को सहज जित निकालेका थियौं, तर अहिले उनीहरूको फुटबलको स्तर सुधारिएको छ। हाम्रो टिमको मुख्य बलियो पक्ष भनेको संरचनागत खेल हो, जसलाई मजबुत बनाउँदै जित निकाल्ने योजना छ।"…
Read More
चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

काठमाडौं। नेपाली क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्च ब्वाइज युनाइटेडले २५औं बुढासुब्बा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा चर्च ब्वाइजका दुई खेलाडी समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। समिरले खेलको २१औं, २६औं र ८५औं मिनेटमा गोल गरेका थिए भने अर्माण्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई फाइनलमा पुर्‍याए।   खेल सुरु भएदेखि नै आक्रामक देखिएको चर्च ब्वाइजले पहिलो हाफमै चार गोल गर्दै भुटानी क्लबलाई दबाबमा राखेको थियो।…
Read More
नेपाललाई दोस्रो हार, थाइल्याण्ड ४ विकेटले विजयी

नेपाललाई दोस्रो हार, थाइल्याण्ड ४ विकेटले विजयी

काठमाडौं, माघ १९ – त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा, नेपालले पहिलो ब्याटिङ गर्दै १०१ रन ९ विकेटको क्षतिमा २० ओभर पूरा गर्यो, जसलाई थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाउँदै १०२ रन बनाएर पूरा गर्यो।   नेपालको सुरुवात निकै कमजोर रह्यो। सम्झना खड्काले २ बलमा ० रन बनाई आउट भइन्, भने ममता चौधरीले ७ बलमा २ रन मात्र बनाउन सकिन्। कप्तान इन्दु बर्माले १७ बलमा १५ रन जोडिन्। पुजा महतोले ८ बलमा ६ रन, रुबिना क्षेत्रीले १३ बलमा ४ रन, सिता राना मगरले ४ बलमा २…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल