Skip to main content

Elite News Nepal

नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको महिला रग्बी प्रतियोगिता आयोजना

Advertisement

काठमाडौं । नेपाल महिला रग्बी क्लबको आयोजनामा राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप २०२५ हुने भएको छ। आगामी फागुन ६ र ७ गते भक्तपुरको मध्यपुर युथ क्लबको मैदानमा हुने प्रतियोगितामा ६ प्रदेश र २ क्लबसहित ८ टिमको सहभागिता रहनेछ।

आयोजक क्लबका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, आयोजक नेपाल महिला रग्बी क्लब र हिमालय टाइगर्स गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता लिग-कम-नकआउट प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार प्रत्येक समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार जित्नेछ। त्यस्तै, उत्कृष्ट महिला खेलाडीलाई ट्रफी प्रदान गरिनेछ भने सहभागी सम्पूर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजकले सहभागी टिमलाई एकतर्फी यातायात खर्च, खानपान र बसोवासको व्यवस्था गरेको छ। नेपाल महिला रग्बी क्लबले पहिलो पटक राष्ट्रिय स्तरको महिला रग्बी प्रतियोगिता आयोजना गर्न लागेको हो।

यो प्रतियोगिताको मुख्य उद्देश्य राष्ट्रिय खेलकुद परिषद्‍ले आयोजना गर्ने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई टेवा पुर्‍याउनुका साथै सातै प्रदेशमा महिला रग्बी खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल