04
Apr
काठमाडौं– नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता आगामी सोमबारदेखि सुरू हुने भएको छ। प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा करिब ६ सय खेलाडीको सहभागिता रहने जानकारी गराए। प्रतियोगिता पुरुष र महिलाका लागि एकल काता तथा कुमुते विधामा समान ११/११ स्पर्धा गरी कुल २२ स्पर्धामा विभाजित गरिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, र सिन्धुपाल्चोक जिल्लाका ३५ टिमले सहभागिता जनाउने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए। पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठित गर्ने र शहीदहरूको सम्मानका लागि प्रतियोगिता महत्वपूर्ण रहेको बताए। ललितपुर…
