Elite News Nepal

Month: April 2025

प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपका लागि नेपाली टोली थाइल्यान्ड प्रस्थान

प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपका लागि नेपाली टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं। प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपमा सहभागी हुन १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको लागि प्रस्थान गरेको छ। प्रतियोगिता चैत २५ देखि ३० गतेसम्म थाइल्यान्डमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ती खेलाडीहरूमा कोसिश श्रेष्ठ, इरा लगुन, सन्जु सुम्बा तामाङ, सुनिम श्रेष्ठ, मन्जिता रन्जितकार, सन्जित शाही र सागर दर्जी रहेका छन्। टोलीको प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा रजिन तिवारी, अफिसियलमा सुनिता सुवर्णकार र इश्वर लगुन तथा निर्णायकको रूपमा सुशील श्रेष्ठ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमका बीच बिदाइ गरे। नेपालले वर्ल्ड कपमा प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय किक बक्सिङ क्षेत्रमा सशक्त उपस्थिति जनाउने विश्वास…
Read More
फोर नेसन्स कपमा सहभागी हुन नेपाली बक्सिङ टोली भुटान प्रस्थान

फोर नेसन्स कपमा सहभागी हुन नेपाली बक्सिङ टोली भुटान प्रस्थान

काठमाडौं। फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय बक्सिङ टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच बिदाइ गरे। अप्रिल ११ देखि १३ तारिखसम्म थिम्पुमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ४८ केजीमुनि लालप्रसाद उप्रेती र ५१ केजीमुनि चन्द्रबहादुर थापा प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन्। टोलीमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले अफिसियलको रूपमा रहेका छन्। प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन छन् भने आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकहरूमा धनकुमार मैनाली,…
Read More
टेबल टेनिस: राजन सुब्बा र शेखर श्रेष्ठ फाइनलमा प्रवेश

टेबल टेनिस: राजन सुब्बा र शेखर श्रेष्ठ फाइनलमा प्रवेश

काठमाडौं। राजन सुब्बा र शेखर श्रेष्ठ दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथिको पुरुष सिंगल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा राजनले आनन्दरत्न धाक्वालाई ३–० ले पराजित गरे। अर्का सेमिफाइनलमा शेखरले अशोक शर्मालाई पनि ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरे। राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा जुनियरतर्फ ४ र भेट्रानतर्फ ३ गरी कुल ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यका अनुसार चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५० खेलाडी सहभागी छन्। प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः नगद…
Read More
१६ औं विश्व योगासना च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ६ पदक

१६ औं विश्व योगासना च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ६ पदक

काठमाडौं। नेपालले मलेसियाको क्वालालम्पुरमा सम्पन्न १६ औं विश्व योगासना च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, १ रजत र ३ कांस्यसहित कुल ६ पदक जित्न सफल भएको छ। चैत २३ र २४ गते आयोजना भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते। सोही ९ देखि ११ वर्ष उमेर समूहमा अमिष पटेलले रजत पदक हात पार्दा किरन मगर र संस्कृती चौलागाईंले कांस्य पदक जिते। १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले पनि कांस्य पदक प्राप्त गरे। प्रतियोगितामा २३ राष्ट्रका १५३ खेलाडी सहभागी भएका थिए। नेपालबाट ३१ खेलाडीले…
Read More
सर्बियामा नेपाली टोलीको गर्विलो उपस्थिति, यु–१५ जिम्नासियाडमा प्रतिस्पर्धा सुरु

सर्बियामा नेपाली टोलीको गर्विलो उपस्थिति, यु–१५ जिम्नासियाडमा प्रतिस्पर्धा सुरु

ज्लाटिबोर, सर्बिया– सर्बियाको ज्लाटिबोरमा आयोजना हुने आईएसएफ यु–१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) २०२५ मा सहभागी हुन नेपाली खेलाडीहरूको टोली सफलतापूर्वक सर्बिया पुगेको छ। प्रतियोगिता चैत २२ देखि वैशाख १ गतेसम्म (अप्रिल ४ देखि १३) सञ्चालन हुनेछ। नेपालले यस अन्तर्राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा थ्री बाइ थ्री बास्केटबल, पौडी र बक्सिङ गरी तीन विधामा प्रतिस्पर्धा गर्दैछ। बास्केटबलतर्फ मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्ल ले नेपालको प्रतिनिधित्व गर्दै छन् भने प्रशिक्षक प्रेमसुन्दर होना रहेका छन्। पौडीतर्फ मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठ प्रतिस्पर्धी छन्, जसका प्रशिक्षक नवीन महर्जन हुन्। बक्सिङतर्फ रिजोन रुम्बा लामा एक्ला खेलाडीको रूपमा…
Read More
राजस्थान रोयल्सको शानदार प्रदर्शन पञ्जाब किङ्स ५० रनले पराजित

राजस्थान रोयल्सको शानदार प्रदर्शन पञ्जाब किङ्स ५० रनले पराजित

काठमाडौं, अप्रिल ६ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा खराब सुरुवातपछि पुनरागमन गर्दै राजस्थान रोयल्सले शनिबारको खेलमा पञ्जाब किङ्समाथि शानदार जित हात पारेको छ। विशाखापत्तनममा भएको खेलमा राजस्थानले पञ्जाबलाई ५० रनले पराजित गर्दै लिग तालिकामा सुधार गरेको हो। यो राजस्थानको लगातार दोस्रो जित हो। पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। राजस्थानका लागि यशस्वी जैसवालले ३७ बलमा ६२ रनको आक्रामक इनिङ्स खेले भने कप्तान संजू सैमसनले २९ बलमा ५१ रन जोडे। शिमरन हेत्मायरले अन्त्यतिर तिव्र गतिमा रन बटुल्दै १५ बलमा अविजित ३८ रन बनाए। पञ्जाब किङ्सले २०६ रनको लक्ष्य…
Read More
FIFA-WTO Report Projects USD 47 Billion Economic Impact from Upcoming Club and World Cups in the United States

FIFA-WTO Report Projects USD 47 Billion Economic Impact from Upcoming Club and World Cups in the United States

April 6, 2025— FIFA and the World Trade Organization (WTO) Secretariat have released two comprehensive studies forecasting a combined USD 47 billion in economic output from the upcoming FIFA Club World Cup 2025™ and FIFA World Cup 2026™, with the United States set to reap substantial benefits as the primary host nation. Conducted by independent research firm OpenEconomics (OE), the studies provide in-depth analysis of the global and domestic socioeconomic impact of FIFA’s flagship events, assessing both tangible and intangible contributions, including direct, indirect, and induced effects. The research is part of the ongoing GoalEconomy initiative, launched by FIFA and the…
Read More
Fiji and New Zealand wins HSBC SVNS Singapore

Fiji and New Zealand wins HSBC SVNS Singapore

April 6, 2025 – Fiji's men and New Zealand's women were crowned champions at the final regular season stop of the HSBC SVNS 2025 in Singapore, with New Zealand and Argentina securing the overall League Winner titles ahead of next month’s highly anticipated World Championship in Los Angeles. Fiji’s men produced a stunning second-half comeback to beat Kenya 21-12 in a thrilling final at the Singapore National Stadium. Down 7-0 at halftime after a powerful Kenyan start led by Nygel Pettersan Amatisa, the Olympic champions stormed back with three second-half tries, including a brace from HSBC Player of the Final…
Read More
दोस्रो संस्करणको केपी ओली कप क्रिकेट प्रतियोगिता पोखरामा सुरु

दोस्रो संस्करणको केपी ओली कप क्रिकेट प्रतियोगिता पोखरामा सुरु

पोखरा, २३ चैत २०८१ — पोखरामा आजदेखि सुरु भएको दोस्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताले खेलकुद र पर्यटनको महत्वलाई एकसाथ जोड्ने अवसर प्रस्तुत गरेको छ। नेपाल सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको बताए। मन्त्री गुरुङले पोखरालाई खेलकुदको हब बनाउने र यस क्षेत्रको क्रिकेट पूर्वाधारको स्तरवृद्धि गर्ने उद्देश्यले सरकार बजेट विनियोजन गर्ने जनाए। उनले भने, “पोखरालाई पर्यटनको राजधानीका रूपमा अघि बढाउनका लागि खेलकुदको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सकिन्छ।” यस प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन्, र यसलाई मदन भण्डारी स्पोर्टस्…
Read More
दिल्ली क्यापिटल्सको ऐतिहासिक जित: चेन्नईमा १५ वर्षपछि पहिलो जित

दिल्ली क्यापिटल्सको ऐतिहासिक जित: चेन्नईमा १५ वर्षपछि पहिलो जित

चेन्नई, २३ चैत २०८१ — शनिवारटीएटीए आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सले आफ्नो अपराजित यात्रा कायम राख्दै चेन्नई सुपर किंग्सलाई २५ रनले पराजित गरेको छ। यो दिल्लीको १५ वर्षपछि चेन्नईमा पहिलो जित हो। केएल राहुलको शानदार ब्याटिङ र विप्रज निगामको कुशल बलिङले दिल्लीलाई यो जित दिलाएको हो। दिल्ली क्यापिटल्सले फाफ डु प्लेसिसको अनुपस्थितिमा केएल राहुललाई जेक फ्रेजर-मकगर्कसँग ओपनिङ गर्न पठाएको थियो। यद्यपि फ्रेजर-मकगर्क चाँडै पवेलियन फर्किए, राहुलले क्रिजमा आफ्नो शान्ति र सशक्त ब्याटिङको साथ इनिङलाई स्थिरता प्रदान गरे। अबिषेक पोरेलले आक्रमक ३३ रन बनाएपछि दिल्लीको स्कोरलाई उच्च बनाएको थियो। कप्तान अक्षर पटेल र ट्रिस्टन स्टब्सको समर्पणले पनि रन रेटलाई उचित बनायो। राहुले…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल