Elite News Nepal

प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपका लागि नेपाली टोली थाइल्यान्ड प्रस्थान

Advertisement

काठमाडौं। प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपमा सहभागी हुन १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको लागि प्रस्थान गरेको छ। प्रतियोगिता चैत २५ देखि ३० गतेसम्म थाइल्यान्डमा सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ती खेलाडीहरूमा कोसिश श्रेष्ठ, इरा लगुन, सन्जु सुम्बा तामाङ, सुनिम श्रेष्ठ, मन्जिता रन्जितकार, सन्जित शाही र सागर दर्जी रहेका छन्।

टोलीको प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा रजिन तिवारी, अफिसियलमा सुनिता सुवर्णकार र इश्वर लगुन तथा निर्णायकको रूपमा सुशील श्रेष्ठ रहेका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमका बीच बिदाइ गरे। नेपालले वर्ल्ड कपमा प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय किक बक्सिङ क्षेत्रमा सशक्त उपस्थिति जनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल