Elite News Nepal

टेबल टेनिस: राजन सुब्बा र शेखर श्रेष्ठ फाइनलमा प्रवेश

Advertisement

काठमाडौं। राजन सुब्बा र शेखर श्रेष्ठ दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथिको पुरुष सिंगल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा राजनले आनन्दरत्न धाक्वालाई ३–० ले पराजित गरे। अर्का सेमिफाइनलमा शेखरले अशोक शर्मालाई पनि ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरे।

राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा जुनियरतर्फ ४ र भेट्रानतर्फ ३ गरी कुल ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यका अनुसार चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५० खेलाडी सहभागी छन्।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः नगद १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल