Skip to main content

Elite News Nepal

सर्बियामा नेपाली टोलीको गर्विलो उपस्थिति, यु–१५ जिम्नासियाडमा प्रतिस्पर्धा सुरु

Advertisement

ज्लाटिबोर, सर्बिया– सर्बियाको ज्लाटिबोरमा आयोजना हुने आईएसएफ यु–१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) २०२५ मा सहभागी हुन नेपाली खेलाडीहरूको टोली सफलतापूर्वक सर्बिया पुगेको छ। प्रतियोगिता चैत २२ देखि वैशाख १ गतेसम्म (अप्रिल ४ देखि १३) सञ्चालन हुनेछ। नेपालले यस अन्तर्राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा थ्री बाइ थ्री बास्केटबल, पौडी र बक्सिङ गरी तीन विधामा प्रतिस्पर्धा गर्दैछ।

बास्केटबलतर्फ मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्ल ले नेपालको प्रतिनिधित्व गर्दै छन् भने प्रशिक्षक प्रेमसुन्दर होना रहेका छन्। पौडीतर्फ मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठ प्रतिस्पर्धी छन्, जसका प्रशिक्षक नवीन महर्जन हुन्। बक्सिङतर्फ रिजोन रुम्बा लामा एक्ला खेलाडीको रूपमा सहभागी छन्, प्रशिक्षक दोर्जे घले छन्।

२२ सदस्यीय नेपाली टोली बिहीबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्बियातर्फ प्रस्थान गरेको हो। टोलीमा अफिसियल सदस्यका रूपमा सोविनराज रेग्मी, कमला निरौला, तिलक पाण्डे, विनोदराज पाण्डे, सन्तोष पौडेल, सोना प्रधान, सुरज श्रेष्ठ, रोशन बोहरा र रघुनाथ अगस्टी रहेका छन्।

यसैबीच, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (ISF) का कार्यकारी सदस्य राजकुमार कार्की पनि ISF को साधारण सभामा सहभागी भएका छन।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ ले एक विशेष कार्यक्रमबीच बिदाइ गरेका थिए। नेपालले यस्ता विश्वस्तरीय प्रतियोगितामा निरन्तर उपस्थिति जनाउँदै आएको छ र यसपटकको सहभागिताले अन्तर्राष्ट्रिय विद्यालय खेलकुदमा नेपालको उपस्थिति अझ मजबुत बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल