Skip to main content

Elite News Nepal

१६ औं विश्व योगासना च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ६ पदक

Advertisement

काठमाडौं। नेपालले मलेसियाको क्वालालम्पुरमा सम्पन्न १६ औं विश्व योगासना च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, १ रजत र ३ कांस्यसहित कुल ६ पदक जित्न सफल भएको छ।

चैत २३ र २४ गते आयोजना भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते।

सोही ९ देखि ११ वर्ष उमेर समूहमा अमिष पटेलले रजत पदक हात पार्दा किरन मगर र संस्कृती चौलागाईंले कांस्य पदक जिते। १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले पनि कांस्य पदक प्राप्त गरे।

प्रतियोगितामा २३ राष्ट्रका १५३ खेलाडी सहभागी भएका थिए। नेपालबाट ३१ खेलाडीले सहभागिता जनाएका थिए।

नेपालको यो सफलताले अन्तर्राष्ट्रिय योगा क्षेत्रमा देशको प्रतिष्ठा थप उचो बनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल