05
Feb
काठमाडौं। नेपाली क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्च ब्वाइज युनाइटेडले २५औं बुढासुब्बा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा चर्च ब्वाइजका दुई खेलाडी समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। समिरले खेलको २१औं, २६औं र ८५औं मिनेटमा गोल गरेका थिए भने अर्माण्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई फाइनलमा पुर्याए। खेल सुरु भएदेखि नै आक्रामक देखिएको चर्च ब्वाइजले पहिलो हाफमै चार गोल गर्दै भुटानी क्लबलाई दबाबमा राखेको थियो।…
