15
Sep
३० भाद्र २०८१। बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आइरहेको छ। आइतबार वडा नं. १० कपन निलोपुलदेखि आकाशेधारा क्षेत्रसम्मका व्यवसायहरूको अनुगमन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालको नेतृत्वमा भएको अनुगमनले क्षेत्रका पसल, मार्ट, क्याफे, कपडा पसल, र सुनचाँदी व्यवसायहरूको मूल्य, खाद्य वस्तुको गुणस्तर, व्यवसाय दर्ता, र व्यवस्थापन अवस्थाको जाँच गरेको छ। अनुगमनमा २० वटा व्यवसायहरू समेटिएका थिए, जसमा अधिकांशले व्यवस्थापन र दर्ता प्रक्रियामा कमजोरी देखाएका थिए। खाद्य पसलहरूबाट म्याद नाघेका सामानहरू जफत गरी नष्ट गरिएको र क्याफे तथा मिठाई पसलहरूमा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ। कर नतिरेकालाई तीन दिनभित्र राजस्व तिर्न र दर्ता नभएकालाई दर्ता…
