Skip to main content

Elite News Nepal

प्रमुख समाचार

बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

हेटौंडा – बजेट अभावका कारण यस वर्षको सातौँ स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीका लामाले प्रतियोगिता नहुने जानकारी दिएका छन्। चैत १६ गतेदेखि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण सुरू हुने भएकाले तत्काल मकवानपुर गोल्डकप आयोजना गर्न नसकिने उनले बताए। साथै, बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाका दश स्थानीय तहले मागअनुसारको बजेट निकासा नगरेकाले प्रतियोगिता आयोजना गर्न कठिन भएको उनले स्पष्ट पारे। "गोल्डकप आयोजना गर्न आवश्यक बजेट उपलब्ध नभएकाले यस वर्ष प्रतियोगिता स्थगित…
Read More
मन्थली नगरपालिकाले जित्यो १२औँ राष्ट्रपति रनिङ सिल्ड उपाधि

मन्थली नगरपालिकाले जित्यो १२औँ राष्ट्रपति रनिङ सिल्ड उपाधि

रामेछाप, फागुन २ – १२औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ। सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न फाइनल खेलसँगै मन्थलीले २२ स्वर्ण, २३ रजत, र ३२ कांस्य पदक जित्दै कूल ७७ पदकसहित उपाधि उचालेको हो। तीन दिनसम्म चलेको प्रतियोगितामा उमाकुण्ड गाउँपालिका २१ स्वर्ण, १२ रजत, र ११ कांस्य गरी ४४ पदकसहित दोस्रो स्थानमा रह्यो भने लिखु तामाकोसी गाउँपालिका ८ स्वर्ण, ६ रजत, र १२ कांस्यसहित २६ पदक जित्दै तेस्रो स्थानमा रह्यो। जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सम्पन्न प्रतियोगितामा दोरम्बा शैलुङ गाउँपालिका चौथो स्थानमा रह्यो। उसले ६ स्वर्ण, ९ रजत, र १८ कांस्य गरी ३३…
Read More
सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। क्वार्टरफाइनलमा टाइम्स ‘ए’ ले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई पराजित गर्यो भने, राइभल इन्डियाले आर्मी ‘ए’ माथि जित निकाल्यो। त्यस्तै, होउन्ड्स ‘ए’ ले आर्मी ‘बी’ लाई हरायो भने राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। अब, सेमिफाइनलमा टाइम्स ‘ए’ र राइभल इन्डिया आमनेसामने हुनेछन् भने होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा…
Read More
बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

धरान – २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। एनआरटीले तेस्रो पटक उपाधि जित्ने अवसर पाएको छ भने चर्च ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। उता चर्च ब्वाइजले नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै उपाधि नजिक पुगेको छ। यस सिजनमा यी दुई क्लबले विभिन्न चार प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्, जसमध्ये तीनवटा प्रतियोगिताको फाइनलमा सँगै भिडेका थिए। एनआरटीका टिम…
Read More
केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

काठमाडौं, फागुन ११ – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप शुक्रबार काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा कलाकार टोलीले राजनीतिज्ञ टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ। राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा आयोजना गरेको यो मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ टोलीका कप्तान क्षितिज थेबे थिए भने कलाकार टोलीको नेतृत्व बद्री पंगेनीले गरेका थिए। खेल अवधिभर कलाकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राख्यो। अन्ततः, चार गोल गर्दै कलाकार टोलीले सहज जित हात पार्यो, जबकि राजनीतिज्ञ टोलीले एक मात्र सान्त्वना गोल गर्न सक्यो। तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने…
Read More
आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

काठमाडौं। विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन सम्पन्न पुरुष तथा महिला ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार पुरुषतर्फ विकास घिमिरे र महिलातर्फ राज्यलक्ष्मी रावलले पहिलो स्थान प्राप्त गरेका छन्। विकासले २ः१०ः११ मिनेटमा निर्धारित दुरी पूरा गरे भने राज्यलक्ष्मीले २ः३५ः३४ मिनेटमा दौड सम्पन्न गरिन्। पुरुषतर्फ दोस्रो स्थान मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भरत रानाले (२ः१३ः९१ मिनेट) हासिल गरे भने महिलातर्फ हिमाली शाही (२ः५८ः६५ मिनेट) दोस्रो भइन्। तेस्रो स्थान सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निपूर्ण चन्द (पुरुष) र गण्डकी विश्वविद्यालयकी कृति गिरी (महिला) ले प्राप्त गरे। महिला लङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी सञ्चिता…
Read More
चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

काठमाडौं। नेपाली क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्च ब्वाइज युनाइटेडले २५औं बुढासुब्बा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा चर्च ब्वाइजका दुई खेलाडी समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। समिरले खेलको २१औं, २६औं र ८५औं मिनेटमा गोल गरेका थिए भने अर्माण्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई फाइनलमा पुर्‍याए।   खेल सुरु भएदेखि नै आक्रामक देखिएको चर्च ब्वाइजले पहिलो हाफमै चार गोल गर्दै भुटानी क्लबलाई दबाबमा राखेको थियो।…
Read More
एथलेटिक्सको १०० मिटर दौडमा मुकेश र विनाको स्वर्ण

एथलेटिक्सको १०० मिटर दौडमा मुकेश र विनाको स्वर्ण

  काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्स १०० मिटर दौडमा स्वर्ण जितेका छन्। मुकेश पुरुष र विना महिलामा पहिलो भए। पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मुकेशले १०० मिटर दूरी ११.२२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। काठमाडौं विश्वविद्यालयका विकासकुमार शाहले ११.६५ सेकेन्डमा दोश्रो स्थान हासिल गरे भने टीयूका प्रकाश जोशी ११.८४ सेकेन्डमा तेश्रो भए। विनाले महिलामा १०० मिटर दौड १४.४० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान ओगटिन्। टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो र पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो स्थानमा रहे। अर्को स्वर्ण मुकेशले पुरुष लङजम्पमा जिते। उनले ६.७०…
Read More
ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, ५ फेब्रुअरी – ज्ञान संस्कार इन्टरनेशनल स्कूलले आगामी माघ २६ गते द्वितीय ज्ञान संस्कार अन्तर विद्यालयस्तरीय राष्ट्रिय स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगिता नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। यस अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ, भने दोस्रो र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई मेडल र प्रमाणपत्रले सम्मानित गरिने व्यवस्था गरिएको छ। सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने छ। विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले…
Read More
पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

काठमाडौं। टियु क्रिकेट मैदानमा भएको सिरिजको सातौं खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। पहिलो ओभरमै सम्झना खड्का ६ रनमा आउट भइन् भने ममता चौधरी पनि २.४ ओभरमा मात्र १ रन बनाएर पभेलियन फर्किइन्। दुवै विकेट नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले लिइन्। तर नेपालका लागि पुजा महतो र कप्तान इन्दु बर्माले इनिङ्स सम्हाल्दै उत्कृष्ट साझेदारी गरे। १० ओभरसम्म नेपाल ६६ रन दुई विकेटको अवस्थामा पुगेको थियो, जहाँ पुजा महतो २८ रन र इन्दु बर्मा ३० रनमा ब्याटिङ गरिरहेकी थिइन्। कप्तान इन्दु बर्माले ३९ रन बनाउँदै महत्वपूर्ण इनिङ्स खेलिन् जसमा उनले पाँच चौका प्रहार गरिन्। उनी १२.६ ओभरमा आउट भइन्। पुजा…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल