Skip to main content

Elite News Nepal

प्रमुख समाचार

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने यो खेल लिग चरणको अन्तिम खेल हुनेछ। नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ। अन्तिम खेल अघि नै फाइनल यात्रा तय गरिसकेकाले नेपालका लागि यो खेल दबाबमुक्त रहनेछ। तर, म्यानमार भने नेपालका लागि कठिन प्रतिद्वन्द्वी साबित हुँदै आएको छ। अहिलेसम्म खेलेका चार खेलमध्ये नेपालले तीन खेल गुमाएको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल म्यानमारविरुद्धको रेकर्ड सुधार्ने लक्ष्यमा हुनेछ। फाइनल अघि आत्मविश्वास थप मजबुत बनाउने अवसर भएकाले…
Read More
केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

काठमाडौं, फागुन ४ – राष्ट्रिय युवा संघ नेपालले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिताका क्वार्टरफाइनलसम्मका खेलहरू अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स, सातदोबाटोमा हुनेछन्। सेमिफाइनल खेलहरू फागुन १६ र १७ गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ। फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामै सम्पन्न हुनेछ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी दिएको हो। आयोजकका अनुसार यो प्रतियोगिता नेपाली फुटबलको विकास र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्न आयोजित गरिएको हो। प्रतियोगितामा नेपालका ६ ‘ए डिभिजन’ क्लब, २ विदेशी टोली तथा १ आयोजक टोली गरी ९ टोली सहभागी…
Read More
बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

झापा – झापा ११ एफसीले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा स्थान बनाएको छ। बिहीबार भद्रपुरस्थित मेची रंगशालामा भएको दोस्रो दिनको खेलमा झापा ११ ले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो। झापाका बबिन बोहोराले खेलको २९औँ मिनेटमा एक मात्र निर्णायक गोल गरे। एरोन थापाको क्रस पासमा उनले वान टचमा उत्कृष्ट फिनिश गर्दै झापालाई अग्रता दिलाए। यो गोल नै जितको लागि पर्याप्त बन्यो। खेल अवधिभर दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेनन्। मछिन्द्रले खेलको २०औँ मिनेटमै अग्रता लिने…
Read More
थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

बागमती । सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ४-० गोलअन्तरले पराजित गर्यो। थ्री स्टारका खेलाडीहरूले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै सुशील राईले थ्री स्टारलाई अग्रता दिलाए भने १७औं मिनेटमा नवीन लामाले गोल गर्दै टिमको पकड बलियो बनाए। २४औं मिनेटमा विदेशी खेलाडी फोफनाले गोल थप्दै खेलको गति तीव्र बनाए। ३४औं मिनेटमा थ्री स्टारले थप एक गोल गर्दै हिमालयन शेर्पालाई पूर्ण रूपमा दबाबमा राख्यो। खेलको म्यान अफ द म्याच…
Read More
मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

इटहरी – १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ। सोमबार इटहरी रंगशालामा सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्रले झापा ११ लाई १–० गोलको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो। मच्छिन्द्रका लागि खेलको ३१औं मिनेटमा मलिक बामिदेले युसुफको उत्कृष्ट गोल नै टिमको जितका लागि निर्णायक बन्यो। झापा ११ ले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउने अवसर गुमाउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। प्रतियोगिता अन्तर्गत मंगलबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र धरान फुटबल क्लबबीच अन्तिम क्वाटरफाइनल भिडन्त हुनेछ। इटहरी रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ…
Read More
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सुरूवात: नेपाल पहिलो खेलमा किर्गिस्तानसँग आमनेसामने

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सुरूवात: नेपाल पहिलो खेलमा किर्गिस्तानसँग आमनेसामने

काठमाडौं । नेपाली महिला फुटबल टिम अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छ, जसको उद्घाटन खेल आजदेखि दशरथ रंगशालामा सुरू हुँदैछ। नेपालसहित चार राष्ट्रको सहभागिता रहेको यस प्रतियोगितामा म्यानमार, लेबनान र किर्गिस्तानले पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। आजको पहिलो खेल दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ भने नेपाली टिम साँझ ६ बजे किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। हाल फिफा वरीयतामा नेपाल १०३ औं स्थानमा छ भने किर्गिस्तान १२८ औं स्थानमा रहेको छ, जसले गर्दा नेपाललाई उत्कृष्ट अवसर मिलेको देखिन्छ। नेपाली टिम गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा मैदानमा उत्रिनेछ भने डिफेन्स, मिडफिल्ड र फरवार्डमा अनुभवी खेलाडीहरू सामेल छन्।…
Read More
नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू सबै नेपाल आइसकेका छन्, र उद्घाटन खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ। नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङका अनुसार किर्गिस्तान बलियो टोली भएकाले नेपालका लागि चुनौतीपूर्ण खेल हुने छ। उनले भने, "६ वर्षअघि किर्गिस्तानविरुद्ध ८-२ को सहज जित निकालेका थियौं, तर अहिले उनीहरूको फुटबलको स्तर सुधारिएको छ। हाम्रो टिमको मुख्य बलियो पक्ष भनेको संरचनागत खेल हो, जसलाई मजबुत बनाउँदै जित निकाल्ने योजना छ।"…
Read More
इटहरी गोल्डकपमा पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित

इटहरी गोल्डकपमा पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित

इटहरी, १५ फागुन – १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। इटहरी रङ्गशालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरे। उद्घाटनपछि सम्पन्न भएको पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित भएको छ। पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजकको तर्फबाट विदेशी खेलाडी एलेक्सले गोल गरे। प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५ औं बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ। फागुन १० गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालका सात…
Read More
बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

मकवानपुर। मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। बागमती गाउँपालिका, झुरझुरे स्थित सहिद स्मृति रंगशालामा हुने उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ए डिभिजन क्लबहरूमध्ये डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब, संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब, र चर्च ब्वाईज क्लबले प्रतिस्पर्धा गर्नेछन्। आयोजक बागमती गाउँपालिका सहित मोफसलका थप तीन क्लबहरू समेत प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलिले नगद १० लाख रुपैयाँ पुरस्कारका साथ ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख १ हजार…
Read More
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीन बीच मैत्रीपूर्ण फुटबल खेल

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीन बीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, १४ फेब्रुअरी – भोलि (शनिबार) काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोली बीच मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खेलको सम्पूर्ण तयारीको जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा नेपाली युवा टोलीका कोच, राजेश शाहीले आफ्नो टोलीको प्रदर्शन प्रति आशावादी रहेको कुरा व्यक्त गर्दै भने, "हाम्रो युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै, यसभन्दा माथि आफ्नो स्तरलाई उकास्ने विश्वास हामीलाई छ।" चिनियाँ नयाँ वर्षको अवसरमा, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा यो मैत्रीपूर्ण फुटबल खेल आयोजना हुँदैछ। खेलको सबै प्रविधिक पक्षको जिम्मेवारी एन्फा लिने भने, मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङ…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल