Elite News Nepal

काठमाडौं

नेशनल प्याब्सनको महाधिवेशन भव्य बनाउन आह्वान, सदस्य विद्यालयलाई हार्दिक स्वागत

नेशनल प्याब्सनको महाधिवेशन भव्य बनाउन आह्वान, सदस्य विद्यालयलाई हार्दिक स्वागत

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनलाई भव्य, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने सबै तयारी पूरा भएको नेशनल प्याब्सनले जनाएको छ। देशभरका निजी विद्यालयका लगानीकर्ता, संस्थापक, प्राचार्य एवं प्रतिनिधिहरूको ऐतिहासिक भेला हुने यस महाधिवेशनलाई सफल बनाउन संगठनले सदस्य विद्यालयहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। नेशनल प्याब्सनले हालै केही व्यक्तिहरूले संगठनको गरिमा र एकतामा आघात पुर्‍याउने उद्देश्यले भ्रामक र तथ्यहीन सूचनाहरू सार्वजनिक गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले ती अपिलहरूलाई कुनै पनि हालतमा विश्वास नगर्न सबैमा अपिल गर्दै महाधिवेशनलाई भव्य बनाउन…
Read More
काठमाडौं महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार, ७ जनाको मुद्दा न्यायिक प्रक्रियामा

काठमाडौं महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार, ७ जनाको मुद्दा न्यायिक प्रक्रियामा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जोखिमपूर्ण अवस्थाबाट ७३ जना बालबालिकालाई उद्धार गरेको छ। उद्धार गरिएका मध्ये ४१ जना बालक र ३२ जना बालिका रहेका छन्। महानगरपालिकाका अनुसार उद्धार गरिएका बालबालिकामध्ये ३८ जनालाई बाल संरक्षण गृहमा राखिएको छ भने ३४ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। यस क्रममा ७ जना बालबालिकासम्बन्धी गम्भीर घटनामा न्यायिक प्रक्रिया अगाडि बढाइएको छ। तीमध्ये ४ जना जबरजस्ती करणी, २ जना बाल यौन दुव्र्यवहार तथा १ जना बालिकालाई कुटपिट र दास बनाएको अभियोगमा मुद्धा दायर गरिएको छ। महानगरले पछिल्ला दुई घटनामा मनोसामाजिक प्रतिवेदन तथा संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मान्दै कारबाही अघि बढाएको जनाएको छ। काठमाडौं महानगरपालिका सामाजिक न्याय…
Read More
नेशनल प्याब्सनको ८औं राष्ट्रिय महाधिवेशन फागुन १६-१७ मा काठमाडौंमा आयोजना

नेशनल प्याब्सनको ८औं राष्ट्रिय महाधिवेशन फागुन १६-१७ मा काठमाडौंमा आयोजना

काठमाडौं, नेपाल — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (NPABSAN) ले आफ्नो ८ औं राष्ट्रिय महाधिवेशन आगामी २०८१ फाल्गुन १६ र १७ गते काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आयोजना गर्ने घोषणा गरेको छ। यो बहुप्रतिक्षित बैठकमा देशभरका शैक्षिक नेतृत्वकर्ता भेला भएर नेपालका निजी तथा आवासीय विद्यालयहरूको भविष्य रणनीति र महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्नेछन्। नेपालका निजी शैक्षिक संस्थाहरूको हित प्रतिनिधित्व गर्ने प्रमुख संगठन नेशनल प्याब्सनले शिक्षा क्षेत्रमा देखिएका नयाँ चुनौतीहरू समाधान गर्न यस महाधिवेशनलाई आयोजना गर्न लागेको हो। बैठकमा नीति निर्माण, शिक्षाको गुणस्तर अभिवृद्धि, र निजी विद्यालयहरूबीच सहकार्यलाई विकास गर्ने विषयमा छलफल हुनेछ। नेशनल प्याब्सनका अधिकारीहरूका अनुसार बैठकमा शैक्षिक मापदण्ड…
Read More
नेपालले भारतलाई पराजित गर्दै थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपको उपाधि जित्यो

नेपालले भारतलाई पराजित गर्दै थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपको उपाधि जित्यो

काठमाडौं । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थ्री बाई थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको रोमाञ्चक फाइनल खेलमा नेपालले भारतलाई २१–१७ को अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताभर प्रभावशाली खेल प्रदर्शन गर्यो । कप्तान विजयसँगै मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरको उत्कृष्ट समन्वयले नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दियो । व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गरेका निकेश राखल मगर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले पुरस्कारस्वरूप २५० अमेरिकी डलर प्राप्त गरे । विजेता नेपालले १,२०० अमेरिकी डलर पुरस्कार हात…
Read More
नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ। आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन। हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल