15
Apr
रामेछाप। उमाकुण्ड गाउँपालिकाको आयोजना र ३ नं. वडा कार्यालयको सहप्रायोजनमा सम्पन्न अन्तरपालिका खुला पुरुष र महिला भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका, रामेछापले पुरुषतर्फ र मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाले महिला तर्फ उपाधि जितेका छन्। प्रतियोगिता चैत २८ गतेदेखि ५ दिनसम्म उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा आयोजना भएको थियो। पुरुषतर्फको फाइनल खेलमा गोकुलगंगा गाउँपालिकाले लिखुपिके गाउँपालिका, गोली सोलुखुम्बुलाई हराउँदै १ लाख नगद, कप, मेडल र प्रमाणपत्रसँगै उपाधि जित्यो। उपविजेता बनेको लिखुपिके गाउँपालिका ७० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। तेस्रो स्थानको खेलमा लिखु तामाकोशी गाउँपालिकाले खाँडादेवी गाउँपालिकालाई पराजित गर्दै नगद ५० हजार र पुरस्कार प्राप्त गर्यो। महिला तर्फ, मानेभञ्ज्याङ गाउँपालिकाले विगु…
