Skip to main content

Elite News Nepal

म्यान अफ द म्याच

केपी ओली कप उद्घाटन: ७४औं जन्मदिनको अवसरमा ५० पाउन्डको केक काटेर प्रतियोगिता सुरू

केपी ओली कप उद्घाटन: ७४औं जन्मदिनको अवसरमा ५० पाउन्डको केक काटेर प्रतियोगिता सुरू

काठमाडौं – केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको ७४औं जन्मदिनको अवसरमा, धूमधामसँग उद्घाटन गरिएको यो प्रतियोगिता फुटबल प्रेमीहरूको लागि ठूलो उत्सव बनेको छ। उद्घाटन समारोहको विशेष आकर्षण थियो, ५० पाउन्डको विशाल केक, जसलाई प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले काटेर उत्सवको माहोल थपे। राधिका शाक्यले केक खुवाएर ओलीलाई जन्मदिनको शुभकामना दिइन्। यस विशेष समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, प्रख्यात गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थितिले कार्यक्रमलाई थप रोचक बनायो। प्रतियोगिता प्रारम्भसँगै खेल प्रेमी र समर्थकहरूले यसलाई उत्साहजनक स्वागत गरेका छन्। प्रतियोगिताको विजेताले रु १५,११,१११/-…
Read More
केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

काठमाडौं, फागुन ४ – राष्ट्रिय युवा संघ नेपालले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिताका क्वार्टरफाइनलसम्मका खेलहरू अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स, सातदोबाटोमा हुनेछन्। सेमिफाइनल खेलहरू फागुन १६ र १७ गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ। फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामै सम्पन्न हुनेछ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी दिएको हो। आयोजकका अनुसार यो प्रतियोगिता नेपाली फुटबलको विकास र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्न आयोजित गरिएको हो। प्रतियोगितामा नेपालका ६ ‘ए डिभिजन’ क्लब, २ विदेशी टोली तथा १ आयोजक टोली गरी ९ टोली सहभागी…
Read More
थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

बागमती । सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ४-० गोलअन्तरले पराजित गर्यो। थ्री स्टारका खेलाडीहरूले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै सुशील राईले थ्री स्टारलाई अग्रता दिलाए भने १७औं मिनेटमा नवीन लामाले गोल गर्दै टिमको पकड बलियो बनाए। २४औं मिनेटमा विदेशी खेलाडी फोफनाले गोल थप्दै खेलको गति तीव्र बनाए। ३४औं मिनेटमा थ्री स्टारले थप एक गोल गर्दै हिमालयन शेर्पालाई पूर्ण रूपमा दबाबमा राख्यो। खेलको म्यान अफ द म्याच…
Read More
चर्च व्वाइज पहिलो पटक बागमती गोल्डकपको सेमिफाइनलमा

चर्च व्वाइज पहिलो पटक बागमती गोल्डकपको सेमिफाइनलमा

बागमती– सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा चर्च व्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो। टाइब्रेकरमा चर्च व्वाइजका अर्मान विडम, सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे। त्रिभुवन आर्मीका तर्फबाट विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्रसिंह थापाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई…
Read More
टाइब्रेकरमा एपीएफको उत्कृष्ट प्रदर्शन, हानामीलाई पराजित गर्दै विजय प्राप्त

टाइब्रेकरमा एपीएफको उत्कृष्ट प्रदर्शन, हानामीलाई पराजित गर्दै विजय प्राप्त

बागमती – सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले विजयी सुरुवात गरेको छ। आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा एपीएफले चितवनको हानामी बीएफसीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै जित हासिल गर्यो। निर्धारित खेल समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे। जबकि बिएफसीका अमन लामो मात्र गोल गर्न सफल भए। एपीएफका गोलरक्षक एन्जल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहारलाई बचायो भने विदेशी खेलाडी बफरको प्रहार बाहिरिएको थियो। एन्जल श्रेष्ठलाई म्यान अफ द म्याच घोषित गरिएको छ। खेलको ६४औं…
Read More
एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा

एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा

इटहरी – जारी १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा सगरमाथाले एनआरटी क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। खेलको ६औं मिनेटमै सगरमाथा युथ क्लबका विदेशी खेलाडी रिचर्डले निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलसम्म पुर्याए। उत्कृष्ट प्रदर्शन गरेका रिचर्ड म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल सोमबार झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ। इटहरीमा फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ, जबकि उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको आयोजना राष्ट्रिय जागृती…
Read More
बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

मकवानपुर। मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। बागमती गाउँपालिका, झुरझुरे स्थित सहिद स्मृति रंगशालामा हुने उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ए डिभिजन क्लबहरूमध्ये डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब, संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब, र चर्च ब्वाईज क्लबले प्रतिस्पर्धा गर्नेछन्। आयोजक बागमती गाउँपालिका सहित मोफसलका थप तीन क्लबहरू समेत प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलिले नगद १० लाख रुपैयाँ पुरस्कारका साथ ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख १ हजार…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल