05
Jan
काठमाडौं।नेपाल टेनिस संघको आयोजनामा तीनदिने आईटीएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्ष सोमबार सम्पन्न भएको छ। कोर्षमा मोफसलबाट दुई सहित जम्मा १२ प्रशिक्षार्थी सहभागी थिए। प्रशिक्षणमा अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया चौधरी, निसान श्रेष्ठ, निश्चल कायश्थ, प्रकृति श्रेष्ठ, प्रशंसा मोक्तान, पुष्पा गौडेल, रमित मग्राती, रन्जित अछामी, सन्देश बराल र सुनिरा थापा सहभागी थिए। गौसुबा र पुष्पा कास्कीबाट आएका थिए। कोर्ष अवधिभर आयोजक टेनिस संघका सचिव तथा राष्ट्रिय ट्युटर अजय विष्टले चेयर र लाइन्स अम्पायरको भूमिका, नियम र व्यवहारिक प्रशिक्षण दिएका थिए। नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै, स्वदेशमै दक्ष अम्पायर उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सञ्चालन गरिएको…
