Skip to main content

Elite News Nepal

Day: October 12, 2025

Sciver-Brunt’s historic century powers England to top spot

12 October 2025 —Nat Sciver-Brunt produced a captain's knock of the highest order as her record-breaking fifth ICC Women's World Cup hundred was the catalyst for England's 89-run win over Sri Lanka. The 33-year-old, who was dropped on three, brilliantly combined boundary hitting with rotating the strike in Colombo on the way to a run-a-ball 117 which was also her 10th career ODI century. Having posted 253 for nine with the bat, England maintained their 100% record at the ICC Women's Cricket World Cup 2025 and took top spot in the group stage table after their bowlers, led by Sophie…
Read More
प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

काठमाडौं, असोज २६ – अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ। गत असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा एरिकाले नेपालका लागि पहिलोपटक स्वर्ण पदक जितेकी थिइन्। यस उल्लेखनीय उपलब्धिको कदर गर्दै नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमण्डपस्थित कार्यालयमा आयोजित कार्यक्रममा एरिकालाई २५ हजार पाँच सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो। संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई सम्मान गर्दै नेपाल प्रहरी परिवारले एरिकाको उपलब्धिमा गर्व महसुस गरेको बताइन्। सो अवसरमा संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक तथा १३औं दक्षिण एसियाली…
Read More

चावहिलका ‘ए’ र ‘बी’ दुवै टोली क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, असोज २६ – पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा चावहिल स्पोर्ट्स क्लबका ‘ए’ र ‘बी’ दुवै टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चावहिल ‘ए’ ले आइतबार कपन भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। खेलमा चावहिलका ‘म्यान अफ द म्याच’ राजेश शाही र दीपक लामाले गोल गरे भने कपनका ओमले एक गोल फर्काए। सोही दिनको अर्को खेलमा चावहिल ‘ए’ ले सिन्धु स्पोर्ट्सलाई १–० गोलले पराजित गर्‍यो। खेलका ‘म्यान अफ द म्याच’ सगुन श्रेष्ठले निर्णायक गोल गरे। चावहिल ‘बी’ ले भने डिफेन्डिङ च्याम्पियन बौद्ध भेट्रानलाई २–१ गोलले हरायो। विजेताका ‘म्यान अफ द म्याच’ टीकाराम कार्की र विक्रम…
Read More
घमबहादुर थापा दोश्रोपटक आईटीएफ विश्व च्याम्पियनसिपमा निर्णायक

घमबहादुर थापा दोश्रोपटक आईटीएफ विश्व च्याम्पियनसिपमा निर्णायक

काठमाडौं—अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले इटालीको जेसोलोमा सम्पन्न २३औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको जिम्मेवारी सम्हालेका छन्। अक्टोबर ३ देखि सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगितामा थापालाई आईटीएफ अम्पायर कमिटीले निर्णायकका रूपमा मनोनीत गरेको थियो। सो प्रतियोगिताका लागि विभिन्न देशका ८० जना अम्पायर छनोट गरिएका थिए, जसमा थापा पनि एक थिए। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव समेत रहेका थापा यसअघि सन् २०१९ मा बुल्गेरियामा सम्पन्न २१औं आईटीएफ विश्व च्याम्पियनसिपमा पनि निर्णायकको रूपमा सहभागी भएका थिए। थापाले यसअघि दक्षिण एसियाली, एसियाली, विश्व कप र विभिन्न महादेशीय प्रतियोगिताहरूमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल