Elite News Nepal

Day: April 7, 2025

प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपका लागि नेपाली टोली थाइल्यान्ड प्रस्थान

प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपका लागि नेपाली टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं। प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपमा सहभागी हुन १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको लागि प्रस्थान गरेको छ। प्रतियोगिता चैत २५ देखि ३० गतेसम्म थाइल्यान्डमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ती खेलाडीहरूमा कोसिश श्रेष्ठ, इरा लगुन, सन्जु सुम्बा तामाङ, सुनिम श्रेष्ठ, मन्जिता रन्जितकार, सन्जित शाही र सागर दर्जी रहेका छन्। टोलीको प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा रजिन तिवारी, अफिसियलमा सुनिता सुवर्णकार र इश्वर लगुन तथा निर्णायकको रूपमा सुशील श्रेष्ठ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमका बीच बिदाइ गरे। नेपालले वर्ल्ड कपमा प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय किक बक्सिङ क्षेत्रमा सशक्त उपस्थिति जनाउने विश्वास…
Read More
फोर नेसन्स कपमा सहभागी हुन नेपाली बक्सिङ टोली भुटान प्रस्थान

फोर नेसन्स कपमा सहभागी हुन नेपाली बक्सिङ टोली भुटान प्रस्थान

काठमाडौं। फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय बक्सिङ टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच बिदाइ गरे। अप्रिल ११ देखि १३ तारिखसम्म थिम्पुमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ४८ केजीमुनि लालप्रसाद उप्रेती र ५१ केजीमुनि चन्द्रबहादुर थापा प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन्। टोलीमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले अफिसियलको रूपमा रहेका छन्। प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन छन् भने आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकहरूमा धनकुमार मैनाली,…
Read More
टेबल टेनिस: राजन सुब्बा र शेखर श्रेष्ठ फाइनलमा प्रवेश

टेबल टेनिस: राजन सुब्बा र शेखर श्रेष्ठ फाइनलमा प्रवेश

काठमाडौं। राजन सुब्बा र शेखर श्रेष्ठ दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथिको पुरुष सिंगल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा राजनले आनन्दरत्न धाक्वालाई ३–० ले पराजित गरे। अर्का सेमिफाइनलमा शेखरले अशोक शर्मालाई पनि ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरे। राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा जुनियरतर्फ ४ र भेट्रानतर्फ ३ गरी कुल ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यका अनुसार चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५० खेलाडी सहभागी छन्। प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः नगद…
Read More
१६ औं विश्व योगासना च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ६ पदक

१६ औं विश्व योगासना च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ६ पदक

काठमाडौं। नेपालले मलेसियाको क्वालालम्पुरमा सम्पन्न १६ औं विश्व योगासना च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, १ रजत र ३ कांस्यसहित कुल ६ पदक जित्न सफल भएको छ। चैत २३ र २४ गते आयोजना भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते। सोही ९ देखि ११ वर्ष उमेर समूहमा अमिष पटेलले रजत पदक हात पार्दा किरन मगर र संस्कृती चौलागाईंले कांस्य पदक जिते। १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले पनि कांस्य पदक प्राप्त गरे। प्रतियोगितामा २३ राष्ट्रका १५३ खेलाडी सहभागी भएका थिए। नेपालबाट ३१ खेलाडीले…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल