14
Apr
काठमाडौं— मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ८ सदस्यीय एक टोली भारतको सिक्किम स्थित ग्याङटोकमा हुने उसु प्रो नाइट्स फाइट प्रतियोगितामा सहभागी हुन आगामी बैशाख २ गते प्रस्थान गर्ने भएको छ। सिक्किम एमेच्योर उसु संघद्वारा आयोजना हुने यस प्रतियोगितामा नेपाल र सिक्किमका खेलाडीहरूले पाँच तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसमा मिलन राई (५२ केजी), निश्चल तामाङ (५६ केजी), कमल आचार्य (६० केजी), मिलन तामाङ (६५ केजी) र विनोद श्रेष्ठ (७० केजी) तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। टोलिका अन्य सदस्यहरूमा प्रशिक्षक राजिव महर्जन, टिम व्यवस्थापक किरणसिंह साउद र निर्णायक शंकर भुजेल रहेका छन्। यस प्रतियोगितामा प्रत्येक स्पर्धामा पहिलो स्थान हासिल गर्ने…
