Skip to main content

Elite News Nepal

Nepali Music Video

चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वरमा ‘बैना मारौकी’ गीत सार्वजनिक।

चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वरमा ‘बैना मारौकी’ गीत सार्वजनिक।

काठमाडौँ। चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वर रहेको बहुप्रतिक्षित नेपाली लोक दोहोरी गीत ‘बैना मारौकी’ सार्वजनिक भएको छ। गीतले रिलिज भएको एक दिनमै राम्रो प्रशंसा बटुलेको छ। राम खत्री र नवराज घोरासैनी को शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। सो गीत मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने गीतको म्युजिक भिडियोमा जेनी कुईन (शर्मिला), सोनिका प्रिन्सेस (दुर्गा) र महेश उपाध्यायले अभिनय गरेका छन्। नवराज घोरासैनीले झिल झिल मोटर कार, घुम्ती निर लटे भयो, तिहाराई रमाइलो, जाडो महिना जस्ता हिट गीतका लागि चर्चित छन्। नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि उनी निकै लोकप्रिय छन्।…
Read More
गायिका रिता श्रेष्ठको ‘हातैमा चुरा छन छन ’ गीत सार्वजनिक

गायिका रिता श्रेष्ठको ‘हातैमा चुरा छन छन ’ गीत सार्वजनिक

काठमाण्डौं। गायिका रीता श्रेष्ठको पछिल्लो गीत ‘हातैमा चुरा छन छन’ औपचारिक रुपमा सार्वजनिक भएको छ। समिर राईको शब्दमा आदेश गुरुमचनले संगीत दिएका गीतमा मायाको सारलाई जीवन्त र हृदयस्पर्शी ढंगले समेटिएको छ, सशक्त लयका साथ समृद्ध धुन मिसाइएको छ।   अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेको उक्त म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र एस राज गराचले गीतको रोमान्टिक विषयवस्तुलाई पूरा गर्ने आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका छन्। विजय राज भुर्तेलको छायाँकन र सम्पादनले गीतको भावनात्मक बारीकतालाई पर्दामा जीवन्त पार्दै परिष्कृत भिजुअल टच थपेको छ। ‘तिम्रो हिस्सी मुहारले' ‘सल्लेरी पर्खाइमा’ ‘सपनामा भएपनि’ जस्ता हिट गीतका लागि परिचित रीता श्रेष्ठले आफ्नो मनमोहक स्वर र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल