Elite News Nepal

चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वरमा ‘बैना मारौकी’ गीत सार्वजनिक।

Advertisement

काठमाडौँ। चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वर रहेको बहुप्रतिक्षित नेपाली लोक दोहोरी गीत ‘बैना मारौकी’ सार्वजनिक भएको छ।

गीतले रिलिज भएको एक दिनमै राम्रो प्रशंसा बटुलेको छ। राम खत्री र नवराज घोरासैनी को शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। सो गीत मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने गीतको म्युजिक भिडियोमा जेनी कुईन (शर्मिला), सोनिका प्रिन्सेस (दुर्गा) र महेश उपाध्यायले अभिनय गरेका छन्।

नवराज घोरासैनीले झिल झिल मोटर कार, घुम्ती निर लटे भयो, तिहाराई रमाइलो, जाडो महिना जस्ता हिट गीतका लागि चर्चित छन्। नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि उनी निकै लोकप्रिय छन्।

 

Advertisement

 

गायककार अर्जुन तिमल्सिनाले लिसांखु ग्यान्दाढा, साउदी कतार मा, फुल फुले छ , गोरी गोरी को, होनी माया मलेशियामा, जस्ता लोकप्रिय गीतहरु मार्फत तिमल्सिनाले दर्शकहरुलाई मोहित बनाउँदै आएका छन्। उनी नेपालमा गायककार मात्र नभई अभिनेता, निर्माता र गीतकार पनि हुन्।

गायिका बर्षा दास, पिडा, अर्को साल माइती जाउँला सँगै रमौला, र प्रतिक्षामा अलझिराहेको छु लगायतका उनको भावपूर्ण हिट गीतहरूका लागि परिचित छिन्।

 

Advertisement

 

‘बैना मारौकी’ नेपाली लोक संगीतका फ्यानहरु माझ चाँडै नै रुचाइएको छ। यो गीतको भिडियोमा दुई प्रेमीबीच काे राम्रो प्रेमकाे दृश्य प्रस्तुत गरिएको छ।

 

 

Follow Elite News at

Facebook: https://www.facebook.com/profile.php?id=61562033017398                                                                                                             Instagram: https://www.instagram.com/elitenewsnepal/                                                                                                                                          YouTube: https://www.youtube.com/@EliteNews-Nepal

 

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल