Skip to main content

Elite News Nepal

अन्तर्राष्ट्रिय फुटबल

केपी ओली कप फुटबल आजदेखि सुरु, अन्तर्राष्ट्रिय टोलीको सहभागिता

केपी ओली कप फुटबल आजदेखि सुरु, अन्तर्राष्ट्रिय टोलीको सहभागिता

काठमाडौं – नेपाली फुटबलप्रेमीहरूका लागि उत्साहजनक क्षण आएको छ, किनभने केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न हुने यो प्रतियोगिता देशभरका उत्कृष्ट क्लबहरूबीचको प्रतिस्पर्धा मात्र नभई अन्तर्राष्ट्रिय फुटबल स्टारहरूको उपस्थितिले पनि विशेष बन्नेछ। प्रतियोगिताको उद्घाटन समारोह दिउँसो १ बजे सुरु हुनेछ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। हास्य कलाकार हरिवंश आचार्य विशेष अतिथि हुनेछन्, भने गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। यस च्याम्पियनसिपमा दुई विदेशी टोलीसहित नौ टिम प्रतिस्पर्धा गर्दैछन्। उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड…
Read More
फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

फाइनल यात्रा तय गरिसकेको नेपाल आज म्यानमारसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने यो खेल लिग चरणको अन्तिम खेल हुनेछ। नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ। अन्तिम खेल अघि नै फाइनल यात्रा तय गरिसकेकाले नेपालका लागि यो खेल दबाबमुक्त रहनेछ। तर, म्यानमार भने नेपालका लागि कठिन प्रतिद्वन्द्वी साबित हुँदै आएको छ। अहिलेसम्म खेलेका चार खेलमध्ये नेपालले तीन खेल गुमाएको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल म्यानमारविरुद्धको रेकर्ड सुधार्ने लक्ष्यमा हुनेछ। फाइनल अघि आत्मविश्वास थप मजबुत बनाउने अवसर भएकाले…
Read More
केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

काठमाडौं, फागुन ४ – राष्ट्रिय युवा संघ नेपालले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिताका क्वार्टरफाइनलसम्मका खेलहरू अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स, सातदोबाटोमा हुनेछन्। सेमिफाइनल खेलहरू फागुन १६ र १७ गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ। फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामै सम्पन्न हुनेछ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी दिएको हो। आयोजकका अनुसार यो प्रतियोगिता नेपाली फुटबलको विकास र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्न आयोजित गरिएको हो। प्रतियोगितामा नेपालका ६ ‘ए डिभिजन’ क्लब, २ विदेशी टोली तथा १ आयोजक टोली गरी ९ टोली सहभागी…
Read More
नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू सबै नेपाल आइसकेका छन्, र उद्घाटन खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ। नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङका अनुसार किर्गिस्तान बलियो टोली भएकाले नेपालका लागि चुनौतीपूर्ण खेल हुने छ। उनले भने, "६ वर्षअघि किर्गिस्तानविरुद्ध ८-२ को सहज जित निकालेका थियौं, तर अहिले उनीहरूको फुटबलको स्तर सुधारिएको छ। हाम्रो टिमको मुख्य बलियो पक्ष भनेको संरचनागत खेल हो, जसलाई मजबुत बनाउँदै जित निकाल्ने योजना छ।"…
Read More
नेपाल पुलिसलाई ३-१ ले हराउँदै ब्ल्याक बुल्स आहा रारा च्याम्पियन

नेपाल पुलिसलाई ३-१ ले हराउँदै ब्ल्याक बुल्स आहा रारा च्याम्पियन

पोखरा। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ। शनिबार सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै २४औं आहा रारा गोल्डकपको उपाधि हात पारेको छ। ब्ल्याक बुल्स आहा रारा जित्ने दोस्रो विदेशी टोली बनेको छ। यसअघि, २०६२ सालमा अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबलाई नै पराजित गर्दै उपाधि जितेको थियो। नेपाल पुलिस क्लब छैटौँ उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिए पनि पाँचौँ पटक उपविजेतामै सीमित हुन पुग्यो। पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस यसअघि लगातार तीन प्रतियोगितामा सभापति कप, बुढासुब्बा गोल्डकप, र भरतपुर गोल्डकप पहिलो खेलमै पराजित हुँदै बाहिरिएको थियो। तर, आहा रारामा…
Read More
चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

काठमाडौं। नेपाली क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्च ब्वाइज युनाइटेडले २५औं बुढासुब्बा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा चर्च ब्वाइजका दुई खेलाडी समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। समिरले खेलको २१औं, २६औं र ८५औं मिनेटमा गोल गरेका थिए भने अर्माण्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई फाइनलमा पुर्‍याए।   खेल सुरु भएदेखि नै आक्रामक देखिएको चर्च ब्वाइजले पहिलो हाफमै चार गोल गर्दै भुटानी क्लबलाई दबाबमा राखेको थियो।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल