11
Aug
काठमाडौँ। चर्च ब्वाइज युनाइटेड विरुद्धको एएफसी च्यालेन्ज लिग छनोट प्लेअफ खेलको तयारी गर्दै पारो एफसी नेपाल आइपुगेको छ । श्रवन २९ मा दशरथ रंगशालामा हुने खेलले प्रतियोगिताको समूह चरणमा कुन टोली जाने निर्णय गर्नेछ। यस प्रतियोगिताको लागि चर्च ब्वाइज युनाइटेड ले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको छ। टोलीको कप्तानी अनन्त तामाङले र उपकप्तान एरिक विष्टले गर्नेछन्। बाल गोपाल महर्जनलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ भने टिमको व्यवस्थापक क्लबका कार्यवाहक महासचिव अशोक थापाले गर्नेछन्। प्रशिक्षक महर्जनकाे सो क्लबका लागि सहिद स्मारक ए डिभिजन लिग काे प्रथम उपाधि हासिल गर्न मुख्य भूमिका रहेको थियो। उनी नेपालको एक सफल प्रशिक्षकको रूपमा पनि चिनिन्छन्। हाइप थप्दै, जापानी फुटबलर केइसुके होन्डा नेपालमा आएका…
