25
Feb
काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ र लोयल्टी एकेडेमी पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीवनस्थित घरेलु मैदानमा एलए ‘ए’ ले जेम्सलाई १२–० को भारी गोलअन्तरले पराजित ग¥यो । लोयल्टीले एलए ‘बी’ ४–२ गोलले हरायो । ब्वाइज फुटसलमा स्वस्तिश्री गुरुकुल र कान्जिरोवा सेमिफाइनलमा पुगे । टेबलटेनिसको यु–१३ ब्वाइज सिंगल्समा डिएभीका रिभान वज्राचार्य तथा गोल्डेन सिद्धार्थका मिराज तामाङले फाइनलमा स्थान सुरक्षित गरे । गल्र्स टिम इभेन्टमा एलए, प्रज्ञा, जेम्स र आरम्भले सेमिफाइनलमा स्थान बनाए । यु–१६ ब्वाइज सिंगल्समा आरम्भका निश्चल थापा, एलएका अर्पित केडिया, डिएभीका निर्भाना, युनाइटेडका एप्रिन्स सुवेदी, एलएका नियोन महर्जन, युनाइटेडका संस्कार…
