Skip to main content

Elite News Nepal

हिमालय र संस्कृति सेमिफाइनलमा

Advertisement

काठमाडौं। हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ ले पराजित ग¥यो । हिमालयको जितमा अरुण कार्कीले २८ अंक योगदान गरे । रोमन गुरुङको २९ अंक सहयोगमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो ।

ह्वाइट हेभेन र एन्जल्स हार्टले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । ह्वाइट हेभेनले सेबलाई ५६–४४ ले पाखा लगायो । ह्वाइट हेभेनका विवेश बर्देवाले १४ अंक जोडे । एन्जल्स हार्टले रिलायन्सलाई ४९–३६ ले पन्छायो । एन्जल्स हार्टका रुपेश पौडेलले १६ स्कोर गरे ।

सेमिफाइनलमा एन्जल्स हार्टको भेट संस्कृतिसंग हुनेछ भने ह्वाइट हेभेनले हिमालयको सामना गर्ने छ । गल्र्समा यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ ।

सेमिफाइनल तेजस्वी र मानसिंह तथा काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र बेलमोन्टबीच हुनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल