Elite News Nepal

Day: August 8, 2025

नेशनल सिनियर गेम्स २०२५ अमेरिकामा अरुण राज भण्डारीको तीन पदक

नेशनल सिनियर गेम्स २०२५ अमेरिकामा अरुण राज भण्डारीको तीन पदक

आयोवा, अमेरिका — करिब पाँच दशक अघि नेपालको एक सानो गाउँबाट सुरु भएको यात्राले २०२५ मा अमेरिका पुगेर ऐतिहासिक उपलब्धिमा परिणति पाएको छ। बाँकेका अरुण राज भण्डारीले अमेरिकाको आयोवा राज्यको वेस्ट डेस मोइनमा सम्पन्न 'नेशनल सिनियर गेम्स २०२५' मा सहभागी भई तीन पदक जित्दै नेपाली समुदायको शिर उच्च बनाएका छन्। ६२ वर्षीय भण्डारीले मिश्रित युगलमा स्वर्ण, पुरुष एकलमा रजत, र पुरुष युगलमा कांस्य पदक जितेका हुन्। करिब १२,६०० खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा उनले आफ्नो पहिलो सहभागितामै उल्लेखनीय सफलता हात पारेका हुन्। अरुणको ब्याडमिन्टन यात्रा झन्डै ५० वर्षअघि सुरु भएको हो, जब उनले १३ वर्षको उमेरमा राष्ट्रिय प्रशिक्षकसँग प्रशिक्षण लिन…
Read More
अशोक खड्का अस्ट्रेलियाका चार विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा निर्णायक बन्ने

अशोक खड्का अस्ट्रेलियाका चार विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा निर्णायक बन्ने

काठमाडौं– नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। उनी आगामी अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्ड कोस्टस्थित कारा रंगशालामा हुने जी–३ डब्लुटी प्रेसिडेन्ट कप ओसिएनिया, जी–३ प्रेसिडेन्ट कप पारा डिभिजन, जी–२ अस्ट्रेलियन ओपन, र पारा अस्ट्रेलियन ओपन गरी चार प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको रूपमा उपस्थित हुनेछन्। खड्काले ती प्रतियोगितामा ग्योरोगी ९लड़ाइँ० र पुम्से ९कला प्रदर्शन० दुवै विधामा निर्णायकको जिम्मेवारी लिनेछन्। यी प्रतियोगितामा उनी अघिल्ला संस्करणहरूमा पनि निर्णायकको रूपमा काम गरिसकेका छन्, जसले उनको अनुभव र क्षमतालाई झनै पुष्ट गर्छ। अस्ट्रेलिया प्रस्थान गर्नु अघि खड्काले अगस्ट…
Read More
आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु

आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु

काठमाडौं – रेडियन्ट राइडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ। प्रतियोगितामा आयोजक एकेडेमीका २ टिमसहित १५ छात्र टिमको सहभागिता रहनेछ। प्रतियोगितासम्बन्धी जानकारी एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिएका हुन्। सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइनेछ। समूह ‘ए’: एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड, समूह ‘बी’: अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन, समूह ‘सी’: भ्याली पब्लिक, गेटवे, मोक्षदा र रेडियन्ट ‘बी’, समूह ‘डी’: बालकुञ्ज, मृगशिरा वर्ल्ड स्कुल र रेडियन्ट ‘ए’ रहेका छन् । प्राविधिक प्रमुख रविन्द्र गुप्ताका अनुसार, खेल १० ओभरको हुनेछ। एक टिममा…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल