Elite News Nepal

Day: February 16, 2024

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक  झामाथि जनकारबाही

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक झामाथि जनकारबाही

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै कालाेमाेसाे दली जनकारबाही गरेका छन । यसअघि २९ माघमा सोही पार्टीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि पनि कार्यालय परिसरभित्र कालाेमाेसाे दलेका  थिए । शुक्रबार बिहान उनीहरु डीडीसीका महाप्रबन्धक झामाथि जाइलागेका छन् । सो क्रममा हात हालाहाल भएको थियो । त्यसपछि क्रान्तिकारी युवा संगठन जिन्दावाद भन्दै उनीहरु त्यहाँबाट भागेका थिए । क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले महाप्रबन्धक झाले भ्रष्टाचार र अनियमितता गरेकाले मोसो दलेको बताए । झामाथि दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको,…
Read More
पेट्रोलियम पदार्थको मुल्य वृद्धि

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

काठमाण्डाै - सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ ५० पैसा तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा भएको छ । त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ लिटरको…
Read More
ललिता निवास काण्डमा नेताहरु सफाइ कर्मचारी दाेषी ठहर

ललिता निवास काण्डमा नेताहरु सफाइ कर्मचारी दाेषी ठहर

काठमाण्डाै - बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन् भने कर्मचारी र बिचौलिया दोषी ठहर भएका छन् । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त लगायतलाई दोषी ठहर गरेको छ । उनीहरूलाई दामासाहीले कायम हुने बिगो ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने, बिगो असुलउपर हुने र जनही दुई वर्ष कैद हुने तथा सट्टाभर्नाको जग्गासमेत जफत हुने ठहर भएको छ । तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठ तथा पूर्वसचिव दिनेशहरि अधिकारीलाई  आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ ।  अदालतले रामकुमार सुवेदी, शोभाकान्त ढकाल, भाटभटेनी…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल