25
Feb
काठमाडौं। प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार औपचारिक उद्घाटन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसी पन्तले सानोठिमीस्थित मातृभूमिमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । खेल भने बिहीबारदेखि मात्र हुनेछ । उद्घाटनकै अवसरमा भेषावकर र केसीले ट्रफी पनि सर्वाजनिक गरेका थिए । प्रतियोगितामा ८ छात्र टिमको सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ मा जनप्रेमी वल्र्ड स्कुल, विनायक शिक्षा निकेतन, ग्लोबल…
